राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको समानुपातिक सांसदको सूचीमा स्वास्थ्य क्षेत्रका दुई डाक्टर र एक नर्स समावेश भएका छन्।
समानुपातिक सूचीमा डा. ओजश्वी शेरचन, डा. अंकिता ठाकुर र नर्स प्रभा ढकाल अटाएका हुन्। रास्वपाले सार्वजनिक गरेको ५७ जनाको समानुपातिक सूचीमा उनीहरू समावेश भएका छन्।
मेडिकल डाक्टर डा. ओजश्वी शेरचन नेपाल मेडिकल कलेज मा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन्। डा. अंकिता ठाकुर दन्त चिकित्सक हुन् भने नर्स प्रभा ढकाल ले कलेज अफ मेडिकल साइन्सेज, भरतपुर मा अपरेशन थिएटर नर्सका रूपमा काम गरेको बताएकी छन्।
यद्यपि सूचीमा सिफारिस भएका डा. मनोहर प्रधान, डा. रुपक घिमिरे, डा. रञ्जित परियार र डा. अंकिता ठाकुर भने अन्तिम समानुपातिक सांसद सूचीमा समावेश हुन सकेनन्।
रास्वपाले विभिन्न समावेशी समूहअनुसार ५७ जनाको समानुपातिक सूची सार्वजनिक गरेको हो।
खसआर्य महिला – १६
प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको क्षेत्र), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), ज्ञानु पौडेल, प्रभा ढकाल
खसआर्य पुरुष – १
रमेश प्रसाईं
थारु महिला – २
गीता चौधरी, करिश्मा कठरिया
थारु पुरुष – २
सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी
मधेशी महिला – ७
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी
मधेशी पुरुष – २
पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण
मुस्लिम महिला – ३
समिना मियाँ, अफ्सना बानु, गजाला शमीम मिकरानी
दलित महिला – ७
रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक
दलित पुरुष – १
प्रकाशचन्द्र दर्जी
आदिवासी जनजाति महिला – १३
बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ
आदिवासी जनजाति पुरुष – ३
राम लामा, खुश्बुसरकार श्रेष्ठ, मिङमा ग्याबु शेर्पा