काठ्माडाै । बुटवलका ३३ वर्षीय समाजसेवी राजु श्रेष्ठ पछिल्लो समय शिक्षा र सीप विकासमार्फत समाजमा उदाहरणीय कार्य गर्दै आएका छन्। उनले विद्यार्थी र स्थानी य बासिन्दाहरूका लागि निःशुल्क रूपमा विभिन्न तालिमहरू सञ्चालन गर्दै आत्मनिर्भरता र सशक्तिकरणमा टेवा पुर्याइरहेका छन्।
हाल सञ्चालनमा रहेका कार्यक्रमअन्तर्गत उनले इलेक्टृकल सम्बन्धि व्यवहारिक तालिम प्रदान गरिरहेका छन् भने सरफ, साबुन, धुप बनाउने, मूर्तिकला, गुडिया तालिम, मेकानिकल मिस्त्री काम, सिभिल इन्जिनियरिङ तथा विज्ञानसम्बन्धी विभिन्न प्रयोगात्मक (प्राक्टिकल) तालिमहरू समेत सञ्चालन गरेका छन्।
त्यस्तै, पुराना परम्परागत सीपहरू जस्तै टपरी बनाउने, चुला बनाउने, झोला र गुन्द्री बुन्ने, माला बुन्ने तालिमहरू पनि निःशुल्क रूपमा दिइँदै आएका छन्। कृषि क्षेत्रमा च्याउ खेती, फलफूलका बिरुवा उत्पादन तथा रोपाइँ, पशुपन्छी पालन र वन विज्ञानसम्बन्धी तालिमहरूले पनि स्थानीयलाई ठूलो सहयोग पुर्याएको छ।
यसका साथै, विद्यार्थीहरूका लागि आविष्कारमुखी तालिमहरू पनि सञ्चालन भइरहेका छन्, जसअन्तर्गत पानी जहाज, ड्रोन, घामबाट चल्ने चुला, इलेक्ट्रिकल चुला तथा इलेक्ट्रिकल गाडी बनाउने जस्ता नवप्रवर्तनात्मक सीपहरू सिकाइँदै छन्।
राजु श्रेष्ठको यो अभियानले धेरै युवाहरूलाई सीप सिकेर आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ र उनी समाजमा सकारात्मक परिवर्तनका एक सशक्त उदाहरणका रूपमा स्थापित भइरहेका छन्।