एउटा घरको चुलो निभेकाे छ
नेताको होइन मात्र-
एउटा छोराको मन टुटेको छ ।
केपि शर्मा ओली
आजको केवल हारको पीडा मा होइन
वुवाको स्मृतिमा पनि डुबेका छन ,
राजनीतिक भीडभाड भित्र
एक्लोपनले घेरेको छ ।
बुवा -
जसले हात समाएर हिडाउनुभयो ,
जसले दुखमा पनि मुस्कुराउन
सिकाउनुभयो
आज त्यही हात सधैको लागि छुटेको छ।
देश जलरिहदा
घरको दिप निभ्नु
यो पीडा शब्दले मापन गर्न सक्दैन
यो घाउ समयले पनि सजिलाे निकाे पार्दैन ।
तर प्रश्न अझै बाकी छ -
किन देशको आवाज थुन्नेहरु
आज शक्ति रमाइरहेका छन
किन सत्य बोल्नेहरू
सजायको छायामा बाच्छन ।।
एउटा छोराको आँसु
राष्ट्रको हुन्छ,
यदि हामीले बुझ्न सक्यौ भने
मानवता अझै बाकी छ ।
बुवाको सम्झनाले
शक्ति दिन्छ भित्रभित्र पनि
अंध्यारो बीच पनि
उज्यालो खोज्न सिकाउँछ ।
आज देशलाई पनि त्यही चाहिएकाे छ-
सम्झना संवेदना र साहस
खरानिबाट ,उठने आँट
र सत्यको बाटो समाउने हिम्मत।
किनकि
ब्यक्तिकाे पीडा र देशको पीडा
अलग छैनन-
दुबैलाइ मलम चाहिन्छ ,
दुबैलाइ न्याय चाहिन्छ ।