काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्समा भारत पाकिस्थानको मध्यरातसम्म चलेको वार्ता सफल भएको भन्दै बधाइ दिएका छन । अमेरिकाको निरन्तर प्रयासपछि यो सकारात्मक परिणाम आएको भन्दै पाकिस्थानी प्रधानमन्त्रीले छ बधाइ दिएका छन।
भारत र पाकिस्तानबीच तनाव बढिरहेको सीमा क्षेत्र र दुवै देशले शासित गर्दै आएको जम्मु कश्मीर क्षेत्र गोलबारीले अशान्त बन्दै गरेको थियो। जुन ट्रम्पलाइ मन परेको थिएन। अन्तत उनि युद्ररोक्न सफल पनि भए। यसले अमेरिका बिश्व शान्तिको पक्षमा रहेको प्रमाणित गर्छ भन्छन केही जानकारहरु।
'अमेरिकाको मध्यरातसम्म चलेको लामो वार्तापछि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा खुसी छु। महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ,' उनले एक्समा लेखेका छन्।
राष्ट्रपति ट्रम्प भारत-पाकिस्तानको युद्ध रोक्ने पक्षमा लागिरहेको ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। उनले युक्रेन र रुसबीचको जारी युद्ध रोक्न पनि भूमिका खेल्दै आएका छन्। 'भारत र पाकिस्तानको युद्ध पनि उनलाई सह्य थिएन। त्यसका लागि रातदिन पहल गरे र सफल पनि भए,' बीबीसीमा भनिएको छ।
अमेरिकी राष्ट्रपतिले घोषणा गरेपछि युद्धरत भारत र पाकिस्तान दुवै देशले युद्धविरामका लागि सहमत भएको आधिकारिक पुष्टि गरेका थिए। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले आयोजित प्रेस ब्रिफिङमा आज ५ बजेदेखि युद्धविराम भएको बताए। उनले त्यसअघि भारत र पाकिस्तानका सैन्य अधिकारीहरूबीच फोन वार्ता भएको बताए। सोही टेलिफोन वार्तापछि स्थल, हवाई र जल तीनै क्षेत्रमा युद्ध, र सैन्य कारबाही रोक्ने सहमति भएको सचिव मिश्रीले बताए।
पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसक दरले पनि युद्धविराम भएको पुष्टि गरे। उनले पनि एक्समार्फत आफूहरू शान्ति र सुरक्षाको पक्षमा रहेको उल्लेख गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर युद्धविरामका लागि ४८ घन्टा पहल गर्नुपरेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरेर अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र आफूले युद्धविरामका लागि दुई दिन मेहनत गरेको बताइन्।
यस दौरानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री शहबाज सरिफ, भारतीय विदेशमन्त्री एस जयशंकर, पाकिस्तानका सेनाध्यक्ष असीम मुनिर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र पाकिस्तानका सुरक्षा सल्लाहकार असीम मिलकसँग निरन्तर छलफल भएको विदेशमन्त्री रुबियोले उल्लेख गरेकी छन्। यसबीचमा भारत र पाकिस्तानका उच्च अधिकारीहरूसँग पनि छलफल भएको उनले बताइन्।
जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा विस्फोटको आवाज सुनिएको एक्समा उल्लेख गरेका छन्। 'के भयो युद्धविराम? श्रीनगरमा सबैतिर विस्फोटको आवाज सुनिरहेको छु,' उनले प्रश्न गरेका छन्। उनले त्यहाँका नागरिकलाई सुरक्षित रहन अपील गरेका छन्।
'यो बताउँदै गर्दा मलाई खुसी लागेको छ कि भारत र पाकिस्तान युद्धविराम गर्न र एकआपसमा छलफलका लागि सहमत भएका छन्,' उनले भनेकी छन्। उनले शान्ति स्थापनाका लागि प्रधानमन्त्री मोदी र सिरफले चालेको कूटनीतिक कदमलाई सराहना गरेकी छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरले पनि युद्धविरामका लागि सहमति भएको बताए। उनले भारत र पाकिस्तानले सैन्य कारबाही रोक्न तयार भएको एक्समा उल्लेख गरेका हुन्। उनले आतंकवादविरुद्ध भारतको अडान भने कहिल्यै नझुक्ने बताए। 'आतंकवादविरुद्ध भारत सधैं कठोर बन्दै आएको छ। र, त्यो जारी पनि रहन्छ,' उनले भनेका छन्। भारतको रक्षा मन्त्रालयले पनि युद्धविरामका लागि गरिएको सहमति पालना गर्ने बताएको छ। तर, यसबीच हुनसक्ने खतराका लागि आफूहरू सतर्क रहने भारतीय सेनाका अधिकारी आर रघु नायरले बताए।
त्यस्तै पाकिस्तानका प्रधानमन्त्री सिरफले पनि आधिकारिक धारणा सार्वजनिक गरे। शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेलेको भन्दै उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए। 'यहाँसम्म आउनका लागि अमेरिकाले खेलेको भूमिका सराहनीय छ। हामीले पनि त्यसलाई शान्ति र स्थिरताका लागि स्वीकार गरेका छौं,' उनले एक्समा भनेका छन्। सरिफले अमेरिकी उपराष्ट्रपति भान्स र विदेशमन्त्री रुबियोको खुलेर तारिफ गरेका छन्।