काठमाडौं । सत्ताको विपक्षी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७५ जना पदाधिकारी चयन गरेको छ । तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा वाईसीएलले पदाधिकारी चयन गरेको हो । संगठनको उपाध्यक्षमा २२ जना चयन भएका छन् ।
डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चँदरा र सुशिला कुँवर उपाध्यक्ष चयन भएका हुन् ।
यस्तै, महासचिवमा गणेश शाही तथा १९ उपमहासचिव र ३१ जना सचिव चयन गरिएको छ । कोषाध्यक्षमा राजिव गिरी सर्वसम्मत चुनिए । सर्वसम्मत नेतृत्व चयनका लागि वाईसीएलले पदाधिकारीको संख्या बढाएको बताइएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगो टीमलाई खुमलटार बोलाएर पदाधिकारी संख्या सोचेभन्दा ठूलो हुन गएको बताउनु भएको थियो । उहाँले, ‘पदाधिकारी संख्या मिलाउँदै जाँदा केही सोचेभन्दा ठूलो हुनगयो। संगठनलाई गतिशित र चुस्त दुरुष्त बनाउन मद्दत नै गर्छ। छलफल र बहसले नयाँ रचना गर्छ’ भन्नुभयो ।


