काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतबाट आएको आंशिक सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगले विकल पौडेल, नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्यायसहितका प्रतिवादीहरूले सुरक्षा मुद्रण केन्द्रका लागि सामान खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
प्रेस विज्ञप्ति स्( मिति २०८२।०३।०२ गते।
(((((((((((((((((((((((((((((((((((((((((((((
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विकल पौडेल, नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्याय समेतका प्रतिवादीहरु उपर सुरक्षण मुद्रण केन्द्रको लागि एयधभच क्थकतझ ष्ल क्भअगचष्तथ एचष्लतष्लन एचभकक बलम एचभककगचष्शभम ँगभ िक्तयचबनभ त्बलप खरिद कार्यमा अस्वभाविक लागत अनुमान तयार गरेको, गुणस्तरहीन ट्रान्सफर्मर खरिदरआपूर्ति, सम्झौताको शर्त विपरित अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भए सरह भुक्तानी गर्ने कार्य गरेको र वास्तविक रुपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने समान खरिद गरेको देखिई उक्त खरिद कार्यमा भ्रष्टाचारजन्य कार्य भएको पुष्टि हुन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड ९क०, ९ख०,९ङ० र ९च० को कसूरमा प्रतिवादी मध्येका विकल पौडेलको हकमा बिगो रू। ६९,०८,८१,८५४र७०, नविन कुमार पोखरेलको हकमा बिगो रू।४९,४६,३५,९४५र७०, रमेश पोखरेलको हकमा बिगो रु। २०,३८,९३,८२७र६३, मनिक मान महर्जनको हकमा बिगो रु।३,४४,६८,७२९र(, राम बहादुर बुढाको हकमा बिगो रु।१९,८८,९४,२८९र३२ र शिरीष उपाध्यायको हकमा बिगो रु।४०,०१,३९,७३६।( कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगो असुल हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०२।०८ को फैसलाबाट आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०३।०२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया