काठमाडौं — नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा प्रतिबन्ध लगाउने निर्णयप्रति गहिरो असन्तुष्टि जनाएका छन्। उनले इतिहास स्मरण गराउँदै पार्टीले विगतमा पनि वरिष्ठ नेताहरूमाथि अन्याय गर्दै आएको उल्लेख गरे।
अध्यक्ष निरौलाले पार्टीको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीलाई समेत बोल्न नदिइएको घटनालाई उदाहरण दिँदै भने, ूइतिहास साक्षी छ — पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई समेत बोल्न दिइएको थिएन।
उनले बहुदलीय जनवादको अवधारणा सुरु गर्दा सुरुमा थोरै व्यक्तिले मात्र साथ दिएको पनि उल्लेख गरे। ूस बेला बहुदलीय जनवादको समर्थन गर्नेहरू थोरै थिए, तर पछि यही विचारले पार्टीलाई उचाइमा पुर्यायो, उनले थपे।
त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत विगतमा अन्यायपूर्ण व्यवहार भएको उनले स्मरण गरे। ूलाई उपत्यका छाड्न बाध्य पारियो, अनि मात्रै बैठक बस्ने अवस्था बनाइयो। ओलीलाई मातहतमा नबोलाउन निर्देशन आए पनि आन्दोलन रोकिए
निरौलाले यस्ता ऐतिहासिक सन्दर्भहरू उठाउँदै पार्टी नेतृत्वलाई आन्तरिक लोकतन्त्र र वैचारिक सहिष्णुता कायम राख्न आग्रह गरे।
पार्टीले हालै विद्यादेवी भण्डारीमाथि पार्टी गतिविधिमा सहभागी हुन रोक लगाउने निर्णय गरेपछि नेताकार्यकर्ताहरूको एक हिस्सामा असन्तुष्टि चुलिएको छ।