पाल्पा– खानेपानी, सिँचाइ तथा सिचाइ व्यवस्था मन्त्री प्रदीप यादवले तानसेन खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शितालाई अनुकरणीय भन्दै प्रशंसा गरेका छन्।
तानसेनमा सञ्चालित खानेपानी योजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले उपभोक्ता समितिको सक्रियता, सेवा प्रवाहमा देखिएको पारदर्शिता र स्थानीय तहको सहयोग प्रशंसायोग्य रहेको बताए। “स्थानीय जनताको प्रत्यक्ष सहभागिता, जिम्मेवारीबोध र पारदर्शी कार्यशैलीले तानसेन खानेपानी योजना अन्य ठाउँका लागि उदाहरणीय बन्न सफल भएको छ,” मन्त्री यादवले भने।
उहाँले खानेपानी पहुँच अझ प्रभावकारी बनाउन मन्त्रालय आवश्यक सहयोग गर्न तत्पर रहेको पनि स्पष्ट गरे। निरीक्षणका क्रममा उनले उपभोक्ताहरूको गुनासो, महसुल कटौती, मर्मत सम्भारको आवश्यकता र दीर्घकालीन दिगो सेवा सुनिश्चितताबारे समेत जानकारी लिएका थिए।
स्थानिय उपभोक्ता समितिले केही समयअघि महसुलमा अधिकतम ३३ प्रतिशतसम्म कटौती गरेको र पम्प तथा ट्याङ्कीहरू जीर्ण भएकाले मर्मत आवश्यक रहेको मन्त्रीसमक्ष अवगत गराइएको थियो।
मन्त्री यादवले खानेपानी योजनाको सुदृढीकरणमा संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याउँदै, “सरकारको लक्ष्य नै हरेक नागरिकलाई गुणस्तरीय र पहुँचयुक्त खानेपानी सेवा पुर्याउनु हो,” भने।.jpg)