१४ साउन, काठमाडौं । अस्ट्रेलियन अलराउण्डर मिचेल ओवेनलाई आगामी दक्षिण अफ्रिकाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) र एकदिवसीय (ओडिआई) श्रृंखलाका लागि अस्ट्रेलियाको टोलीमा समावेश गरिएको छ।
वेस्ट इन्डिजविरुद्धको टी-२०आई खेलबाट अघिल्लो साता अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ओवेनले पहिलो खेलमै अर्धशतक बनाउँदै प्रभाव जमाएका थिए। उनले बिग ब्यास लिग र मेजर लिग क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा स्थान पाएका हुन्।
दक्षिण अफ्रिकासँग अस्ट्रेलियाले अगस्ट १० देखि तीन खेलको टी-२०आई श्रृंखला खेल्नेछ, जसपछिको एकदिवसीय श्रृंखला अगस्ट १९ देखि सुरु हुनेछ। दुबै श्रृंखलामा मिचेल मार्शले कप्तानी सम्हाल्नेछन्। नियमित कप्तान प्याट कमिन्स र प्रमुख बलर मिचेल स्टार्क भने यो श्रृंखलाबाट बाहिर रहेका छन्।
टी-२०आई टोलीमा ट्राभिस हेड र जोश हेजलउडको पुनरागमन भएको छ भने एकदिवसीय टोलीमा एलेक्स केरी र मार्नस लबुशेन पनि फर्किएका छन्।
टी-२०आई टोलीः
मिचेल मार्श (कप्तान), बेन डारशुइस, नेथन एलिस, क्यामरन ग्रीन, जोश हेजलउड, ट्राभिस हेड, जोश इङ्लिस, मिचेल ओवेन, म्याथ्यु शर्ट, एडम जाम्पा, शन एबट, टिम डेभिड, म्याथ्यु कुहनेमान, ग्लेन म्याक्सवेल।
एकदिवसीय टोलीः
मिचेल मार्श (कप्तान), बेन डारशुइस, नेथन एलिस, क्यामरन ग्रीन, जोश हेजलउड, ट्राभिस हेड, जोश इङ्लिस, मिचेल ओवेन, म्याथ्यु सर्ट, एडम जाम्पा, जेभियर बार्टलेट, एलेक्स केरी, मार्नस लबुशेन, ल्यान्स मोरिस।