काठमाडौँ, साउन —देशभर सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी भागहरूमा र केही तराई क्षेत्रहरूमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, सहरी र तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहन सक्ने जनाएको छ। साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
अधिक वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।