काठमाडौं लागू औषध ब्युरोको सक्रियताः कोटेश्वर एसएसपी कृष्ण कोइरालाको नेतृत्वमा निर्मम कारबाही, सप्तरीमा गोली फायर गर्दै दुई कारोबारी पक्राउ
काठमाडौं— लागू औषध कारोबारमाथि प्रहरीको कडा निगरानीका बीच लागू औषध नियन्त्रण ब्युरो (NCB) काठमाडौंले कोटेश्वरका एसएसपी कृष्ण कोइरालाको नेतृत्वमा देशैभर अभियान तीव्र बनाएको छ। लागू औषध कारोबार र ओसारपसार नियन्त्रणमा उल्लेखनीय सफलता हात पार्न थालेको ब्युरोले पछिल्लो कारबाहीमा सप्तरी जिल्लाबाट दुई जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ।
सई बालकृष्ण सन्जेलको कमाण्डमा गएको विशेष टोलीले सप्तरीको बडिमालिका गाउँपालिका–१ मा दुई राउण्ड गोली फायर गर्दै दुईजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा वडिबिरपुर–१ का २७ वर्षीय विशाल राय र डागनेश्वरी–७ का मनोज राय रहेका छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा लागू औषध बरामद गरिएको छ। उनीहरूविरुद्ध लागू औषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले हाल राजधानी लगायत तराईका सीमावर्ती क्षेत्रमा लागू औषध कारोबारमा संलग्न गिरोहमाथि निगरानी बढाउँदै आएको छ। एसएसपी कोइरालाले नेतृत्व सम्हाले यता ब्युरोले दर्जनौँ साना ठूला गिरोहलाई नियन्त्रणमा लिएको छ।
"लागू औषध कारोबार देशको युवा पुस्ताका लागि खतरनाक बनेको छ। यसलाई जरैदेखि निर्मूल पार्न हामी प्रतिबद्ध छौँ," एसएसपी कोइरालाले भने।
स्रोतका अनुसार सप्तरीमा पक्राउ परेका व्यक्तिहरूको थप नेटवर्कबारे अनुसन्धान भइरहेको छ। प्रहरीले कारबाहीलाई अझ सशक्त बनाउने तयारी थालेको जनाएको छ।