तारकेश्वर नगरपालिका–५ स्थित जितपुरफेदीमा तरकारी खेतीले उल्लेखनीय प्रगति गर्दै आएको छ। स्थानीय किसानहरू व्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेपछि गाउँको आर्थिक अवस्था उकासिन थालेको छ।
यस क्षेत्रमा बन्दा, फूलकोबी, लौका, काँक्रो, टमाटर, भाँटालगायत मौसमी तरकारीहरू उत्पादन भइरहेको छ। कृषकहरूले हरियो घर–घर पुर्याउने मात्र नभई काठमाडौं उपत्यकाको विभिन्न बजारमा पनि आफ्नो उत्पादन पु-याउँदै आएका छन्।
जितपुरफेदीका एक किसान रमेश तामाङका अनुसार, “पछिल्लो दुई वर्षदेखि सिँचाइ, मलखाद र प्राविधिक सहयोग उपलब्ध भएपछि उत्पादन दोब्बर भएको छ।” नगरपालिका तथा विभिन्न सहकारी संस्थाको सहकार्यमा कृषकहरूलाई प्राविधिक तालिम, मल वितरण, प्लास्टिक टनेल र सिँचाइका सामग्री सहयोग गरिएको छ।
तारकेश्वर नगरपालिकाका कृषि शाखा प्रमुख मिना श्रेष्ठ भन्छिन्, “हामी अहिले जितपुरफेदीलाई तरकारी उत्पादनको हब बनाउने लक्ष्यमा छौं। स्थानीय उत्पादनलाई बजारसम्म जोड्न पनि पहल गरिरहेका छौं।”
स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै जैविक उत्पादनप्रति उपभोक्ताको आकर्षण बढिरहेको पाइन्छ। कृषकहरू उत्साहित छन् भने उपभोक्ताहरू पनि सस्तो र ताजा तरकारी पाउने आशामा छन्।