काठमाडौं, साउन –नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा वर्ष २०८१ का उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा संघहरूलाई सम्मान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य अञ्जन धमला, महासंघका अध्यक्ष प्रवीणकुमार कार्की तथा महासचिव घमबहादुर थापालगायतले काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।
वर्ष उत्कृष्ट खेलाडी अवार्ड–२०८१ अन्तर्गत
त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकको रूपमा आकाशचन्द्र घर्ती मगर,
वर्ष उत्कृष्ट प्रदेश संघको रूपमा गण्डकी प्रदेश,
र वर्ष उत्कृष्ट जिल्ला संघको रूपमा गुल्मी जिल्ला संघ सम्मानित भए।
कार्यक्रममा गत वर्ष भारतको चण्डीगढमा अगष्ट १९ देखि २६ तारिखसम्म सम्पन्न १०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
उनीहरूलाई विशेष प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो।
महासंघले वर्षभरको गतिविधिको समीक्षा गर्दै तेक्वान्दो खेलको विकासमा सक्रिय योगदान गर्ने व्यक्तित्व र संस्थाहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा खेल स्तर उकास्न थप योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।