काठमाडौ,आजको यो बैठक हालै जेन-जी विद्रोहले पैदा गरेको विषम परिस्थितिमा बस्दैछ । जेन-जी विद्रोहले उठाएका दुई प्रमुख एजेण्डाहरू छन्, जसले सिंगो देश, समाज र विश्वको ध्यानाकर्षण गरेको छ। यो बैठकमा हामीले पनि ती मुख्य दुई एजेण्डाभन्दा बाहिरका बिषयहरुमा मात्र छलफल गर्नुको कुनै अर्थ छैन। जेन-जी विद्रोहबाट अझ मूखरित भएर उठेको पहिलो विषय भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादकै कारणले देश अघि बढ्न नसकेको भन्ने एउटा निष्कर्ष हो भने दोस्रो विषय राजनीति दशकौंसम्म निश्चित व्यक्तिको हातमा रहिराख्ने कुराले उत्पन्न गरेको संकट अर्थात् नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको कुरा हो। हुन त विगतदेखि नै पार्टीमा मैले यी एजेण्डाहरु प्रष्टसँग उठाउँदै आएको छु, व्यापक छलफल पनि भएको छ, तर ती छलफल र एजेण्डाहरुलाई गलत मनसायले म माथि आरोपित गर्ने काम गरिदै आएको छ। तर आज ती एजेण्डाहरु र ती एजेण्डाहरुमा रहेका अन्तरवस्तुको औचित्य स्थापित भएको छ। आज यी दुई गम्भीर एजेण्डाहरुको यथोचित सम्बोधन हुन नसक्दा निम्तिएको जनधनको नोक्सानी र विध्वंशको सामना गर्नुपर्ने स्थिति मात्र नभएर दशकौंको संघर्ष र बलिदानबाट निर्मित संविधान पनि मुर्छित भएको अवस्थामा छ। आन्दोलनकारी युवाहरुको आन्दोलनभित्र नाजायज घुसपैठ गरेर राज्यका तिनै अङ्गहरू माथि विध्वंश मच्चाइएको छ। सार्वजनिक, व्यापारिक र निजी सम्पत्तिहरू ध्वस्त पारिएको छ। देशको इतिहास र स्वाभिमानका तथ्य तथ्याङ्कहरु नामेट गर्ने कुतसित मनसाय बोकेको झुण्डले उक्त स्रोतमै आगो लगाइ खरानी बनाइदिएको छ। समग्र राज्यको मनोबल गिरेको छ भने अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको छवि तथा विद्यमान राज्य संरचनाहरूको अवस्था अत्यन्त कमजोर देखिएको र अत्यन्त गम्भीर परिस्थिति सिर्जना भएको छ।
यतिबेला राष्ट्रियता सङ्कटमा छ। राष्ट्रको रक्षा, स्वाधीनता र अखण्डताको संरक्षण आजको प्राथमिकताको विषय बनेको छ र यसकालागि सिङ्गो देशभक्त नेपाली जनता, राजनीतिक दलहरु तथा वर्तमान सरकार सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन।
आजको यस जटिल सन्दर्भमा माथि उठाइएका
भ्रष्टाचार, सत्तालिप्सा एवम् पदलोपता र राष्ट्रियताको रक्षाका विषयलाई म स्पष्ट गर्न चाहन्छु।
-
भ्रष्टाचारका विरुद्धको संघर्षमा नेतृत्व गर्न सक्ने हैसियत कायम गर्नका लागि सर्वप्रथम पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्ने स्वतन्त्र आयोग निर्माण गरौं।
-
दोस्रो कुरा चाहिँ हाम्रो पार्टीको महाधिवेशनको घोषणा गर्ने प्रक्रियासँगै अध्यक्ष प्रचण्ड लगायत २०औं, ३०औं वर्षदेखि एउटै पदमा रहँदै आएका हामी सबै पदाधिकारी एकसाथ राजीनामा दिऔं र आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यसै बैठकबाट गरौं।
-
पार्टीको सैद्धान्तिक, राजनीतिक एवम् वैचारिक पृष्ठपोषण गर्नका लागि एवम् पार्टी र नयाँ पुस्ताका नेतृत्वलाई सहयोग गर्ने प्रतिवद्धता सहित हालका अध्यक्ष तथा सबै पदाधिकारीहरुको एक 'निर्देशक कमिटी' (Director Committee) को रुपमा काम गर्ने गरी संयन्त्र निर्माण गर्ने आन्तरिम विधान बनाई अगाडि बढौँ। 'निर्देशक कमिटी' ले महाधिवेशनबाट निर्वाचित हुने नयाँ युवा पुस्ताको नेतृत्वलाई सघाउने प्रतिबद्धता जाहेर गरौं।
- यो विकल्पले पुरानो नेतृत्वको योगदान, सम्मान र मूल्याङ्कन मात्र होईन पार्टीको नवजीवनको सुनिश्चितता एकसाथ गर्दछ। विगतदेखी पार्टीमा स्वतन्त्र र निस्वार्थ भावले उठाएका एजेण्डाहरु र जेन-जि आन्दोलनले उजागर गरेका प्रश्नहरुको यो एकसाथ जवाफ हुनेछ।
- यसबाट जनतामा सकारात्मक प्रभाव पर्दै दीर्घकालसम्मका राष्ट्रिय समस्याहरु समाधान गर्न सक्ने मनोबल निर्माण हुनेछ।
- अन्यथा महाधिवेसन विगतमा हामीले गरेको विधान अधिवेसन जहा ९०% प्रतिनीधीको मत विपरीत नेतृत्वले आफ्नो कुरा घोसना गरेको थियो नदोहोरीएला भन्न सकिदैन। महाधिवेसन यथास्थीतीको रिन्यू गर्ने नाटकको रूपमा नहुने कुराको शुनिश्चिततागरौं ।
जहाँसम्म राष्ट्रियताको रक्षाको लागि जनताको समर्थनको कुरा छ, जनताको समर्थनको लागि
जनताले आवाज सुन्ने गरी जनतालाई अपिल गर्न सक्ने नयाँ अनुहारहरू अगाडि सार्न जरुरी छ। अहिलेकै नेतृत्वबाट गरिने अपिलहरू जनताबाट सुनिने अवस्था छैन, तसर्थ आ-आफ्ना कमीकमजोरीहरुप्रति आत्माआलोचित हुँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं र समग्र पुनर्गठनमा मद्दत पुर्याउ।
यसको अर्थ यो होइन कि अध्यक्ष प्रचण्डले गरेको योगदान र उहाँको टिमको भूमिकालाई नजरअन्दाज गरौं । अध्यक्ष प्रचण्डले जनयूद्ध अगाडि गरेको सांगठानिक योगदान, जनयूद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्ध पछिको योगदानलाई उच्च सम्मान गरौं। आज ईतिहासले दिएको यही नै एउटा विकल्प हो, । २१ औं शताब्दीका यूवा लगायत सम्पूर्ण जनताको अपेक्षा अनुसार पार्टीलाई सुदृढ एवं एकताबद्ध गर्ने विधि र समस्याको समाधान गर्ने उत्तम उपाय हो। यो निर्णयले कम्युनिस्ट आन्दोलन रक्षा गर्न योगदान पुग्नेछ। जहाँसम्म विचारको कुरा छ, हामी विश्वश्त हुनुपर्छ, नयाँ पुस्ता हामीभन्दा पनि अध्ययनशील छ, श्रमशील छ र अग्रगामी पनि छ। नयाँ पुस्ता विचारमा शून्य छ भन्नु मनोगत रोगले ग्रसित हुनु र पुरानो पुस्ताको असक्षमता प्रस्तुत गर्नु मात्रै हो।
"उपयुक्त पृष्ठभूमिसँगै महाधिवेशन सुनिश्चित गर्न उद्देश्य र आधारका रूपमा बुदागत रूपमा प्रस्तुत गर्दछु।"
-
जेन्जी आन्दोलन वस्तुगत आधार सरकार राजनीतिक पार्टीहरूका काम कारबाहीहरूले गर्दा जनताप्रतिको जवाफदेहिताको अभावमा स्वार्थ केन्द्रित कामहरू को कारणले उत्पन्न भएको हो। यो परिस्थिति उत्पन्न हुनुको मुख्य कारण राजनीतिक पार्टी का काम र व्यवहारहरू हुन्।
- यसमा अन्य पार्टीहरूप्रति त जनताको विश्वास नै थिएन। हाम्रो पार्टी जसले हिजो जनयुद्धमा यस्तै मुद्दाहरु उठाएर विद्रोह गरेका थियौ। यसबाट समेत जनताले नेकपा माओवादी र अरु पार्टीमा फरक नदेखिनु वैचारिक विचलनको पराकास्ट हो। तसर्थ हामी यस कुरामा बढी जिम्मेवार रहेको कुरा स्वीकार गर्नुपर्दछ। यी कमजोरीहरूप्रति हामी आत्मा आलोचित हुनुपर्दछ। जनता सामू पश्चाताप गर्नुपर्दछ।
- जेन्जी आन्दोलनले समस्याको उजागर मात्रै गरेको छैन समाधानको बाटो पनि देखाएको छ। अब हामीले सुशासन, समृद्धि र जनअपेक्षालाई आत्मसात गर्नका लागि हाम्रा सोच, हाम्रो व्यवहार, नीती, संरचना र नेतृत्व प्रणाली सहित हाम्रो काम कारबाही सबैलाई बदल्न सक्नुपर्दछ। पार्टीमा आमूल परिवर्तन गर्न नयाँ पुस्ताको बाहुल्यता र नेतृत्वबारे सोच्नुपर्छ आफैंलाई सच्याउने र सुधार्ने, रूपान्तरण गर्ने, पुनर्गठन गर्ने एउटा अवसरको रुपमा लिनुपर्दछ ।
- यतिबेला संविधान मुर्छित अवस्थामा छ दलहरू विगठित अवस्थामा छन्। संसद विघटन भएको छ।
- जेन्जी विद्रोह भित्र घुसपैठ भएर देशको महत्वपूर्ण रणनीतिक पूर्वाधारहरू तथ्य तथ्याङ्कहरू र इतिहास मेटाउने उद्देश्यले आगजनी भएको छ। असफल राष्ट्रतिर लैजाने प्रयत्न भएको छ। एउटा ठूलो त्रास फैलिरहेको छ। व्यावसायिक क्षेत्रहरूको मनोबल गिरेको छ। ठूलो क्षति भएको छ।
-
यस परिस्थितिमा वर्तमान विश्वमा चलिरहेको युद्ध नयाँ ध्रुवीकरणका प्रभाव र असरहरु साथै नेपालको भूराजनीतिक अवस्था समेतलाई हेर्दा हाम्रो राष्ट्रियता गम्भीर खतरामा छ।
- राष्ट्रियता सार्वभौमिकता र अखण्डताको रक्षा गर्नको लागि हामी सचेततापूर्वक बदलीयको परिस्थिती अनुरूप हामा निती र अभ्यास मा विकास गर्दै वर्तमान सरकार सम्मानीय राष्ट्रपतिज्यू र देशभक्त सम्पूर्ण जनताबीच तालमेल सहकार्य र दबावको आवश्यक छ।
-
राष्ट्रभन्दा ठूलो अरु केही छैन। हामीले अरु स्वार्थबाट मुक्तभई राष्ट्रियताको रक्षाको बारेमा सहकार्य र कुटनैतीक पहल चनाखो र गम्भीर रुपमा गर्नु पर्दछ।
- वर्तमान सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनको अवस्थामा ल्याइपुर्याउन मद्दत गर्नुपर्दछ।
-
वि. सं. २०४६ पछि राज्यका विभिन्न ओहोदामा बसेराहरुको सम्पत्ती एवं भ्रष्टाचारको छानबिन, सिंहदरबार लगायतका संरचनाहरूमा आगजनी वारे र २३ गतेको नरसंहारमा संलग्नलाई कारबाही गर्न छानविनका लागी बनाएको आयोगलाई सत्यतथ्य पत्ता लगाउन छानबिनमा सहयोग पुऱ्याउनु पर्दछ ।
- देशमा राजनीतिक स्थायित्व एकातिर आवश्यक छ भने अर्कोतिर नेतृत्व निरंकुश हुन नदिने नीति पनि आवश्यक छ। त्यसका लागि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको प्रणाली निर्माण गर्नुपर्दछ।
-
साथसाथै राष्ट्रका प्रमुख मुद्दाहरु राष्ट्रियता, सेना परिचालन, गभीर महत्वका सन्धी संझौता लगायतका विषयहरू संसदको अधिकार क्षेत्रमा राखेर सन्तुलन कायम हुने नीति सहित
प्रत्यक्ष पूर्णसमानुपातिक निर्वाचन प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्नुपर्दछ।
पार्टीबारे
-
हाम्रो पार्टी यतिबेला विघटित प्राय छ। पार्टी केन्द्रीय कार्यालय आग्जनीमा परेको छ ।
-
आन्दोलन ले निम्त्याउने संभावित खतराबारे पूर्व आकलन गर्न नसक्नु, लाखौं पार्टी सदस्य र नेतृत्वको यति ठूलो फर्मेसन हुदाहुँदै हाम्रो पार्टी हेडक्वाटर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैलाई बचाउने हैसियत नहुनुले
आधारभूत वर्ग हामी संग रिसायको वास्तविकतालाई उजागर गरेको छ।
-
आन्दोलन सबैतिर विस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्यौलमा रहेका नेता कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौं
राज्य विहिनताको अवस्थासंगै पार्टी विहिनताको अवस्था रह्यो यसले विघटनको तथ्यलाई स्पष्ट गर्दछ।
-
यो परिस्थितिबाट पार्टीलाई फेरि नया ढगले गठण गरी हाम्रा अभिभारा र जनताका सपनाहरूलाई पूरा गर्ने जनयुद्धमा भएका त्याग र बलिदानहरूको स्मरण गर्दै सम्पूर्ण कमजोरीहरुलाई धोइ पखाली गर्नेगरी हाम्रो सोच दृष्टिकोण र भूमिकालाई आजको जनभावना आन्दोलनको माग र हाम्रा विगतका कमीहरू नदोहोरिने गरी पार्टीलाई नयाँ निर्माण गर्न जरुरी छ।
-
पार्टी पुनर्गठनको अनिर्वायता महसुसन गरी विगत केही समयदेखि मैले स्वविवेक ले उठाएका विषयलाई विभिन्न ढंगले आरोपित गर्ने प्रयत्न को सट्टा सायद ती विषयलाई सोही समयमा आत्मसाथ गरेको भए आज हाम्रो पार्टीको अवस्था यस्तो हुने थिएन।
-
पार्टी पुनर्गठनका लागि हामीले यतिबेला विचार राजनीति संरचना समग्र क्षेत्रमा नयाँ ढङ्गले बदल्नुपर्नेछ।
- यसो गरिरहँदा हिजो हामीले गरेका त्याग बलिदान अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा भएको महान जनयुद्ध जनआन्दोलन र संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गरेर जनतालाई अधिकार सम्पन्न गर्ने सम्मका महान कार्यको अवमूल्यन कदापि हुनुहुँदैन । नेतृत्वले खेलेको भूमिका र गौरवको रक्षा नगरी आदोलनको रक्षा हुदैन ।
- नेतृत्व हस्तान्तरणबारे विगतमा हामीले माग गरेकै हो। आज आन्दोलनले ती कुराहरूलाई अझ सही साबित गरेको छ । अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक अवस्थाका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात गर्नुपर्दछ।
-
पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी पदाधिकारी वाट नभए स्थाइ समिती वाट कार्यभार दिन डराउनु हुदैन ।
-
महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व र नेतृत्व समेत सुनिश्चित गर्न अहिले नै अध्यक्ष सहित सबै पदाधिकारी राजनैतिक र वैचारिक काम गर्नेगरी निर्देशक कमिटीको अन्तरीम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्दछ।
- यसबाट अध्यक्ष कमरेड प्रचण्डले हिजो खेल्नुभएको ऐतिहासिक भूमिका सहित टिमको भूमिका समेतको सम्मान र वर्तमानको आवश्यकता माग पूरा गर्दै समस्याको समाधानको बाटो खोल्ने छ ।
-
गत केन्द्रीय कमिटीले गरेको निर्णय बमोजिम मङ्सिर महिनाभित्र महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ पुस्तामा पुर्याउने र अध्यक्ष प्रचण्डसहित हाम्रो पंक्तिले महाधिवेशनबाट निर्वाचित हुने कार्यकारी कमिटीलाई राजनैतीक बैचारिक सहयोग गर्ने प्रतिबद्धता र आत्मसाथीकरण जरुरी छ।
-
पार्टीभित्र र सरकार एवं जनप्रतिनिधिका रुपमा एउटा व्यक्ति कति पटक कुन पदमा रहन पाउने र कति समय रहने भन्ने विषयमा स्पष्ट नीति निर्माण गर्नुपर्दछ।
-
हरेक तहमा नेतृत्व निर्माण प्रत्यक्ष निर्वाचित प्रणाली मार्फत गर्ने कुराको शुनिश्चितता गर्नुपर्छ।
- पार्टी पुनर्गठनका लागि हाम्रो समाजको वर्गीय अवस्था र विविधता, राजनैतिक चेतना जेन्जी पुस्ताको माग र उनीहरूको सपना लाई मध्यनजर गरेर आजको आवश्यकता र चुनौतीहरूको सामना गर्न विचार राजनीति संरचना र विधिहरु लाई नितान्त नयाँ ठाउँमा उठाउन जरुरी छ। यसका लागि महाधिवेशन वाट निष्कर्ष निकाल्ने छौ ।
- नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा बि.सं.२०२५ मा पुष्पलालले जनवादीक्रान्ति र संयुक्तमोर्चाको नीति बि.सं. २०४७ मा अध्यक्ष प्रचण्डले गर्नु भएको पुनर्गठनले नेपालमा सामन्तवादको अन्त्य गर्दै संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान दिन सफल भयो। बि.सं. २०७२ मा गरिएको तेस्रो पुनर्गठन असफल भयो। यस पृष्ठभूमिमा अब चौथो पुनर्गठन गर्नका लागि निम्न आधारहरू सहित अगाडी बढ्नु पर्छ ।
- कम्युनिस्ट आन्दोलन फुट विभाजन र विघटनको तीव्र प्रक्रियामा रहेका छन। कम्युनिष्ट आन्दोलनको पुनर्गठनका लागि:
-
वामपन्थी जनमतको बाहुल्यतालाई पहिलो आधार,
-
नेपाली समाजको वर्गीय र उत्पीडनका दृष्टिकोणले मुख्यगरी
महिला र दलितसाथै उत्पीडित अन्य समुदायलाई दोस्रो आधार,
-
सामाजिक सामुदायिक एवम् बौद्धिक समूदाय तेस्रो आधार
- मुख्यगरी आजको प्रविधिको प्रयोग र ज्ञानमा अब्बल नयाँ सपना र क्षमता बोकेका
युवा पुस्ता जेन्जी समेतको चौथो आधार बनाई पार्टी पुनर्गठन गर्नुपर्दछ।
- यहाँसम्म आइपुग्दा हामीले पार्टीलाई कि निर्वाचनको कि युद्धको साधनको रुपमा मात्र परिभाषित गरेका छौं। अब पार्टीलाई नविनतम् सूचना प्रविधिको प्रयोग देशको आफ्नो विशेषताका आधारमा सामाजिक, सांस्कृतिक, आर्थिक, श्रम र उत्पादनका साथ समृद्धिको नीति निर्माण गर्न एक अनुसन्धान र प्रयोगकर्ताको रुपमा समेत बुझ्दै पार्टीलाई समृद्धिको साधनको रुपमा सामाजिक न्यायको नेताको रुपमा सुशासनको प्रवक्ताको रूपमा परिभाषित गरिनुपर्दछ।
- आन्दोलनको क्रममा घुसपैठ गरी योजनाबद्ध ढंगले क्षति गरिएका सरकारी व्यावसायिक र व्यक्तिका सम्पत्तिहरूले देशलाई धेरै पछाडि धकेलेको छ। यसले अर्थतन्त्रमा गहिरो असर गरेको छ। फेरि पनि खरानी पन्छाउँदै पुनर्निर्माणको प्रक्रियामा अगाडि बढ्ने प्रण आवश्यक छ। यसका लागि पहिलो कुरा आर्थिक प्रणालीको पुनर्संरचना गर्न बहस प्रारम्भ गर्नुपर्छ। साथसाथै भोलेन्टियरहरूको निर्माण गरी पुनर्निर्माणमा र शान्ति सुव्यवस्था कायम गर्न सरकारसँग हातेमालो गर्नु पर्छ।
- जनयुद्ध हुँदै अगाडि आएको पार्टी हुनुको नाताले हजारौंको सङ्ख्यामा सहिद परिवार, बेपत्तायोद्धा परिवार, घाइते योद्धाहरू, अशक्त र बृद्ध बृद्धा नेता कार्यकर्ताहरू हुनुले तीनको व्यवस्थापन संरक्षणमा र जनमुक्ति सेनामा योगदान गरेका कमाडर र सदस्यहरु लाई संगठीत गर्न पार्टीको बिल्कुलै ध्यान नरहेको अवस्थालाई सच्याउँदै तिनको संरक्षण र संगठीत गर्ने सम्बन्धी स्पष्ट नीति निर्माण गरिनुपर्दछ।
- पार्टीमा समानुपातिक समावेशी सिद्धान्त लागू गरिए पनि नेतृत्व विकासका समस्याहरू रहेका छन् तसर्थ महिला दलित र अल्पसंख्यक समूदायबाट नेतृत्व विकास गर्न विशेष नीति निर्माण गर्नुपर्छ।
- पार्टी आन्दोलनमा सहभागी नेता कार्यकर्ताहरू आफ्नो परिश्रममा बाँच्ने र स्वावलम्बी हुन आवश्यक रहेको अवस्थामा पार्टीले उत्पादन सम्बन्धी नीति योजना निर्माण गरी सबैलाई स्वरोजगार र आत्मनिर्भर बनाउने कुरामा दृढतापूर्वक लाग्नुपर्दछ। पार्टी संरचनालाई पनि सो अनुरूप बदल्नुपर्छ।
"महाधिवेशन सुनिश्चित गर्ने र यसलाइ वास्तविक बिशेष महाधिवेशनमा बदल्ने थप आधारहरूः
१. आजको बदलिएको परिस्थितिमा उपलब्धिहरुको रक्षा गर्दै जनताको जिवनस्तर बदल्न नेपालि कम्युनिष्ट आन्दोलनको बैचारिक, राजनैतिक, साँगठनिक, पुनर्सरचना/पुनर्गठन र धुर्वीकरण गर्दै बैचारिक शंष्लेषण गर्न दृढ संकल्प गर्ने।
२. बर्तमान पदाधिकारीहरुले त्यागको भावना आत्मसात गर्दै अभिभावकीय भूमिका निर्वाह गर्न निर्देशक समिति वा राजनैतिक परिषदमा रही बैचारिक, राजनैतिक, सामाजिक काम मार्फत नयाँ नेतृत्वलाई मद्दत गर्ने प्रतिबद्धता यसै बैठकबाट गर्ने।
३. महाधिबेशन आयोजक समितिको संयोजक पदाधिकारीहरु भित्रबाट वा स्थायी समिति भित्रबाट बनाउने । निर्देशक कमिटीले वैचारिक राजनैतिक प्रतिवेदन बनाउन मद्दत पुर्याउने ।
४. महाधिवेशनमा सबै खाले बिचारहरूलाई महान बहसको अनुकूल वातावरण मिलाउने र त्यसको लागि आवश्यक संयन्त्र र आचासंहिता समेत बनाउने।
५. संगठित सदस्यताको भरपर्दो आधार र उनिहरुको सहभागिता सुनिश्चित गर्न विशेष विधि र संयन्त्र निर्माण गर्ने।महाधिवेशन प्रतिनिधिहरुको संख्या र प्रतिनिधित्वको मापदण्ड संगठित सदस्य संख्या, भुगोल, जनआधार, नयाँ पुस्ता, समावेशीतालाई बनाउने साथै महाधिवेशन प्रतिनिधिहरु प्रत्यक्ष निर्वाचित हुनुपर्ने। महाधिवेशन प्रकृयालाई तल्लो तहबाट बहस र संरचना निर्वाचन गर्दै केन्द्रिय महाधिबेसन सम्पन्न गर्ने।
६. महाधिवेशनमा वैचारिक, राजनैतिक, संगठनात्मक प्रतिवेदनहरुको स्वस्थ छलफल बहसको वातावरण सुनिश्चित गर्ने।नीति र नेतृत्व निर्माण प्रत्यक्ष (हालका पदाधिकारि बाहेकबाट) निर्वाचित गरिनुपर्ने। महाधिवेशन अभियानभर रचनात्मक एवं श्रृजनात्मक बहसलाई प्रोत्साहन गर्ने र राक्षसिकरण एवम् देवत्वकरण गर्ने प्रवृत्तिलाई दण्डित गर्न आचारसंहिता बनाएर लागू गर्ने।
७.पार्टीको आर्थिक भौतिक लगायत अहिलेसम्मका सम्पूर्ण हिसाब-किताबहरू पारदर्सि र स्पस्ट गर्नुपर्ने