काठ्माडाैं । आजको विषय कुनै टेकिनिकल वा व्यक्तिगत विवाद मात्र होइन, विचारधारा, पार्टीको अस्तित्व र नेतृत्वमाथिको गम्भीर प्रश्न हो। केपी शर्मा ओलीमाथि उठाइएका प्रश्नहरू केवल एक व्यक्तिमाथिका होइनन् — ती प्रश्नहरू नेकपा (एमाले) को मार्ग, अनुशासन र सिद्धान्तमाथि केन्द्रित छन्।
ओलीले देशलाई संकटबाट निकाल्ने नेतृत्व सम्हालेका थिए। विकासको गतिमा नयाँ दिशा दिएका, राष्ट्रिय स्वाभिमानको झन्डा उचालेका नेतामाथि टेकिनिकल रूपमा हटाउने प्रयास इतिहासले माफ नगर्ने चेतावनी दिइएको छ।
पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा हुने कुनै पनि षड्यन्त्रलाई पार्टी मात्र होइन, राष्ट्रविरुद्धको गतिविधि ठहरिने चेतावनी कार्यकर्ताहरूले दिएका छन्। “एमाले विचार र सिद्धान्तमा अडिएको पार्टी हो। यहाँ जनताको म्यान्डेट र कार्यकर्ताको विश्वासले निर्णय हुन्छ, टेकिनिकल चलखेलले होइन,” वक्तव्यमा भनिएको छ।
ओली केवल पार्टी अध्यक्ष मात्र नभई विचारका दिशानिर्देशक र देशप्रतिकाे प्रतिबद्धताको प्रतीक भएको जनाइएको छ। उहाँलाई हटाउने कुनै पनि प्रयास पार्टी र राष्ट्र दुवैको हितविरुद्ध हुने चेतावनी कार्यकर्ताहरूले दिएका छन्।
एमाले कार्यकर्ताहरू एक आवाजमा भन्छन् — “हामी ओलीका विचारका सिपाही हौं, देश बेच्ने होइन, देश बचाउने पंक्तिमा हौं।”
सानो कविता खण्ड
बारम्बार फाउन्डेसनका छायामा,
देशका आत्मा बेच्नेहरू,
एमालेका झन्डा ओढ्नेहरू,
जनताको भरोसा तोड्नेहरू।
यो पार्टी मात्र होइन हाम्रो अभिमान हो,
यो झन्डा मात्र होइन हाम्रो इतिहास हो।
अध्यक्ष हटाउने षड्यन्त्र — देशको अपराध हो।
हामी मौन छैनौं, जनताको आवाज हौं,
केपी शर्मा ओलीको नेतृत्व हाम्रो नशा हो।
देश बेच्ने अपराधलाई एकरूपताले चकनाचूर पार्ने समय आएको छ।
एमाले न त सकिन्छ, न झुक्छ — झन बलियो भएर अघि बढ्नेछ।
गाउँ–गाउँ, बस्ती–बस्तीमा सूर्यको झन्डा फहराउनेछ,
“हर हर ओली, घर घर ओली” को नारा गुञ्जिनेछ।