काठमाडौं, कात्तिक २२ गते
माओवादी केन्द्रका नेता उमेश कुमार यादवले आफूले पार्टी छोडेको भन्ने समाचारलाई असत्य र भ्रामक भन्दै स्पष्ट पार्नुभएको छ । हालै जनार्दन शर्माले गठन गरेको नयाँ समूहमा आफू पनि गएको भन्ने केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै नेता यादवले आफू अझै पनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमै रहेको बताउनुभएको छ र नेपाली कम्युनिस्ट पाटी बनाएकोमा गर्ब गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत् जारी गरेको प्रतिक्रियामा भन्नुभएको छ,
“मैले आफ्नो कुरा आदरणीय अध्यक्ष कमरेडसँग राखेर आएको छु। अध्यक्ष कमरेडको निर्णय र साथ दिने साथीहरूको सुझावपछि मात्र हामीले सामूहिक निर्णय गर्छौं।”
नेता यादवका अनुसार, उहाँले विगत नौ वर्षदेखि पार्टीभित्रको अपमान, असहजता र बेवास्ता सहँदै पनि संगठन नछोडी संघर्ष गर्दै आउनुभएको छ । उहाँले थप भन्नुभयो,
“आफैंले रगत, पसिना बगाएको पार्टीबाट बाहिर नजानु परोस् भनेर नौ वर्षदेखि संघर्ष गरिरहेको छु। पार्टी छोडेर भागेकाहरू फर्किएपछि चाकरी र गुटबन्दी गर्नेहरूलाई अवसर दिइएको छ, तर म त्यस्तो मार्गमा हिँड्ने होइन।”
यादवले आफूले पाएको प्रत्येक जिम्मेवारीमा सधैं सकारात्मक परिणाम निकाल्दै आएको दाबी पनि गर्नुभएको छ । उहाँका अनुसार, पार्टीभित्र भाइ–भतिजा र नातागोता हेरेर पदोन्नति गर्ने प्रवृत्तिले संघर्षशील कार्यकर्ताहरूलाई पछाडि पार्ने काम भइरहेको छ ।
“हामी पार्टी छोड्दैनौं। नौ वर्षदेखि पार्टीमै रहेर संघर्ष गर्दैछौं। पार्टीबाट लखेट्नेहरू सफल भए भने त्यसपछि सोच्नेछौं, तर त्यस स्थितिमा पनि राम्रो उनीहरूकै हुँदैन,”
उहाँको भनाइ छ।
मधेसमा संगठनात्मक असन्तुलन र कार्यकर्तामाथिको अन्यायबारे आवाज उठाउँदै यादवले सप्तरी लगायतका जिल्लाका माओवादी कार्यकर्ताहरू असन्तुष्ट रहेको पनि जनाउनुभयो । उहाँले विश्वास व्यक्त गर्नुभयो,
“हामीलाई सप्तरीको जनता र मधेस प्रदेशका जनता जोगाउन पहिलो पंक्तिमा अवश्य उभिनेछन्।”
अन्त्यमा नेता यादवले जोड दिनुभयो,
“म माओवादी केन्द्रमै छु, मुलपाटी माओवादी नै हो।”
एकतामा सामेल छु “हामी पार्टीमै रहेर निर्णायक संघर्ष गर्दैछौं”।