काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज पाउन्ड स्टर्लिङ र कुवेती दिनारको मूल्यमा वृद्धि भएको छ भने अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही प्रमुख मुद्राहरू सस्तिएका छन्।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को आजको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। हिजोको तुलनामा डलरको मूल्य २ पैसा घटेको हो। यद्यपि, यही मंसिर ८ गते डलर १४३ रुपैयाँ ४८ पैसामा व्यापार हुँदा हालसम्मकै उच्च मूल्य थियो।
युरो १ को आजको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा छ, जुन हिजोको दरभन्दा केही कम हो।
पाउन्ड स्टर्लिङ भने अझै महँगिएको छ। आज पाउन्ड १ को खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा पुगेको छ। हिजोको तुलनामा दुवै दरमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलरमा भने गिरावट देखिएको छ। आज एडी १ को खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा रहेको छ, जुन हिजोभन्दा कम हो।
कुवेती दिनार १ को आजको खरिददर ४६३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ६९ पैसा छ। हिजोको तुलनामा कुवेती दिनारमा वृद्धि भएको छ। बहराइन दिनार पनि सामान्य रूपमा घटेको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला संशोधन हुन सक्ने उल्लेख गर्दै वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।