काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत २४ घण्टामा देशभर १७ वटा आगलागीका घटना दर्ता भएका छन्। १४ जिल्लामा भएका ती घटनामध्ये सिरहामा सबैभन्दा धेरै—३ वटा—आगलागी भएको छ। भोजपुरमा २ तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा एक/एक घटना भएको प्राधिकरणले जनाएको छ।
यसै अवधिमा सर्पदंश, जंगली जनावरको आक्रमण तथा लेक लाग्ने गरी तीन छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु र ५ जना घाइते भएका छन्।
मृत्यु भएकामध्ये एक आगलागीबाट, एक सर्पदंशबाट
सिरहाको लहान–१९ की ५१ वर्षीया एक महिलाको ग्यास बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरका विभिन्न भाग जलेका थिए। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, महोत्तरीको गौशाला–११ मा घरको आँगनमा खेल्दै गरेकी एक बालिकालाई सर्पले टोकेपछि वर्दिवासस्थित नवलपुर अस्पताल पुर्याइएकाे थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ।
प्राधिकरणका अनुसार आगलागी तथा जनावरसम्बन्धी जोखिम घटना बढ्दै गएपछि सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।