काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, हेपाली हाइटमा निर्माण भइरहेको विशेषज्ञ बाल अस्पतालको निरीक्षण गरेका छन्।
मन्त्री घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको दुई सय शैय्याको अन्तर्राष्ट्रियस्तरको बाल अस्पतालको निर्माण प्रगति र संरचना बारे स्थलगत निरीक्षण गरे। यसअघि सोमबार उनी झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरिसकेका थिए।
अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा लिजमा उपलब्ध गराएको छ। संघीय सरकारले भवन निर्माण र उपकरण खरिदका लागि ११ करोड रुपैयाँ र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
मन्त्री घिसिङले अस्पतालको निरीक्षणपछि भने, “दमकमा सञ्चालित बाल अस्पतालले ठूलो सेवा पुर्याएको छ। काम गर्न सक्नेहरूलाई देशको समग्र विकासका लागि जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ।” उनले अस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद पनि दिए।
डा. कोइरालाले बताएअनुसार, अस्पताल गैरनाफामूलक र समाजसेवा केन्द्रित हुनेछ। अत्याधुनिक उपकरणसहितको यो अस्पतालले कमजोर वर्गका बालबालिकाले पनि गुणस्तरीय उपचार पाउनेछन्। बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा पनि अस्पताल निर्माणका लागि पहल भइरहेको उनले उल्लेख गरे।
डा. कोइरालाले सात प्रदेशमा क्रमिक