काठमाडौं ।
नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनका लागि सातै प्रदेश कमिटीबाट प्रतिनिधि छानिएका छन्। मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि सबै प्रदेश कमिटीबाट निर्विरोध रूपमा प्रतिनिधि चयन गरिएको हो।
सुदूरपश्चिम प्रदेश कमिटीबाट कृष्णप्रसाद जैसी, कालीबहादुर शाही, रणबहादुर चन्द, भगवती बिष्ट र झुमा चौधरी प्रतिनिधिमा परेका छन्।
कर्णाली प्रदेशमा गुलाबजंग शाह, टेकराज पछाइँ, ध्रुवकुमार शाही, पद्मा खड्का र कौसिला खत्री चयन भए।
लुम्बिनी प्रदेश कमिटीले राधाकृष्ण कँडेल, भोजबहादुर श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राणा र मञ्जु गुरूङलाई महाधिवेशन प्रतिनिधि तोकेको छ।
गण्डकी प्रदेशबाट नवराज शर्मा, धनञ्जय दवाडी, मीनप्रसाद गुरूङ, मञ्जु अधिकारी र तारामाया थापा निर्वाचित भए।
बागमती प्रदेशमा कैलाशप्रसाद ढुंगेल, दावा दोर्जे लामा, नवराज सिलवाल, भक्तकुमारी लामा र गंगादेवी श्रेष्ठलाई प्रतिनिधि बनाइएको छ।
मधेस प्रदेश कमिटीले चण्डेश्वर मण्डल, विचारी शाह, मनोज पौडेल, आरती भण्डारी र बीना शर्मा चयन गरेको छ।
कोशी प्रदेशबाट घनश्याम खतिवडा, टीकाकाराम चेम्जोङ, राजकुमार भण्डारी, जलवर्षा राजबंशी र सिर्जना राई प्रतिनिधि बनेका छन्।