२९ मंसिर, काठमाडौं ।
नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पदाधिकारीका उम्मेदवार करिब टुंग्याएको छ।
अध्यक्ष पदमा केपी शर्मा ओली आफैं उम्मेदवार रहने निश्चित भएको छ। महासचिव पदमा शंकर पोखरेल दोहोरिने भएका छन्।
उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ। यद्यपि उपाध्यक्षको सूचीमा राखिएका प्रदीप ज्ञवालीसँग अन्तिम टुंगो लगाउन छलफल जारी रहेको स्रोतले जनाएको छ।
उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ।
सचिव पदका लागि नौ जनाको नाम टुंगो लागेको स्रोतले बताएको छ। सचिव उम्मेदवारको सूचीमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र भानुभक्त ढकाल रहेका छन्।
यसअघि ईश्वर पोखरेल समूहले पनि आफ्ना पदाधिकारी उम्मेदवारको प्यानल टुंग्याइसकेको छ। दुवै समूहको प्यानलमा नपरेका पदाधिकारी आकांक्षी नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ।