काठमाडौँ ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारीस्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना कुमारी चौधरी, रुबी पोदार र पूजा महतो छन् ।
यसैगरी कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ पनि बन्द प्रशिक्षणमा समेटिएका छन् ।
ग्लोबल छनोट घरेलु मैदानमा हुने भएकाले नेपाली टोलीले कडा तयारी गरिरहेको क्यानले जनाएको छ ।