काठमाडौं ।
नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको परिणाम आउने क्रम सुरु भएको छ । प्रारम्भिक रुझानअनुसार अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै अगाडि देखिएको छ ।
प्रारम्भिक मतपरिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले १५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत पाएका छन् ।
उपाध्यक्ष पदतर्फ विष्णु प्रसाद पौडेलले १७३ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । त्यसैगरी पृथ्वी सुव्वा गुरुङले १७१, रामबहादुर थापा ‘बादल’ले १५३, रघुजी पन्तले १२३, गोकर्णराज विष्टले १३३ र गुरु प्रसाद बरालले १०९ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरूमध्ये बिन्दा पाण्डेले ९८, टंक प्रसाद कार्कीले ४३, अरुण नेपालले ३८, भीम प्रसाद आचार्यले २७ र पर्शुराम मेघी गुरुङले ४७ मत प्राप्त गरेका छन् ।
महासचिव पदमा शंकर पोखरेलले ११५ मत ल्याउँदै अग्रता बनाएका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।
उपमहासचिव पदतर्फ लेखराज भट्टले १४७ मत, योगेश भट्टराईले १४०, रघुवीर महासेठले १२६ र विष्णु प्रसाद रिमालले १०५ मत प्राप्त गरेका छन् । त्यसैगरी आनन्द प्रसाद पोखरेलले ७१, वैजनाथ चौधरीले ५४ र राजेन्द्र प्रसाद गौतमले २६ मत पाएका छन् ।
सचिव पदमा पद्मा कुमारी अर्यालले १५२ मत, महेश बस्नेतले १५०, छविलाल विश्वकर्माले १४५, शेरधन राईले १४१ र हिक्मत कुमार कार्कीले १३८ मत प्राप्त गरेका छन् । यसैगरी खगराज अधिकारीले १३२, राजन भट्टराईले ११३, भानुभक्त ढकालले १०७, गोकुल प्रसाद बास्कोटाले १०४ र कर्णबहादुर थापाले ९३ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको महाधिवेशन निर्वाचन आयोगले जनाएको छ ।