३ पुस, काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, ठूलो (भारतीय) ११०, सानो (लोकल) ७५, सानो (टनेल) १००, सानो (भारतीय) ९० र सानो (तराई) ९५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) ३२ र प्याज सुकेको (भारतीय) ५० रुपैयाँ रहेको छ ।
यसैगरी गाजर (लोकल) प्रतिकिलो ९०, गाजर (तराई) ७०, बन्दा (लोकल) ६०, बन्दा (तराई) ५५, काउली स्थानीय ६०, काउली (ज्यापु) ८०, काउली तराई ५०, रातो मूला ४०, सेतो मूला (लोकल) २०, सेतो मूला (हाइब्रिड) ४०, भन्टा लाम्चो ८०, भन्टा डल्लो ९० र मकै बोडी ७० रुपैयाँ कायम गरिएको छ ।
मटरकोसा प्रतिकिलो १२०, घिउ सिमी (लोकल) ९०, घिउ सिमी (हाइब्रिड) १६०, टाटे सिमी ११०, तिते करेला १३०, लौका ८०, परबर १००, घिरौँला १००, फर्सी पाकेको ४०, हरियो फर्सी ६०, सलगम ९०, भिन्डी १४०, सखरखण्ड ६५, पिँडालु १०० र स्कुस ३० रुपैयाँ तोकिएको छ ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ४०, पालुङ्गो साग १३०, चमसुर १३०, तोरीको साग ५०, मेथीको साग १३०, हरियो प्याज ६०, बकुला १४५, तरुल ७०, च्याउ (कन्य) १३०, च्याउ (डल्ले) ३०० र कुरिलो ११०० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्य तरकारी तथा उपजमा ब्रोकाउली १२०, चुकुन्दर ९०, रातो बन्दा २००, जिरीको साग २५०, सेलरी ३००, पार्सले ७००, पुदिना ५००, इमली १८०, तामा १२०, तोफु १५० र गुन्द्रुक ४०० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) ३२०, केरा (दर्जन) २००, कागती ११०, अनार ४००, सुन्तला (नेपाली) १२०, तरबुजा १००, जुनार १२०, भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) ६५ र काँक्रो (हाइब्रिड) ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै नास्पाती (चाइनिज) २३०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) १००, अम्बा १२०, लप्सी ७५, स्ट्रबेरी ५००, किबी २५०, सरिफा २०० र एभोकाडो ३५० रुपैयाँ तोकिएको छ ।
मसला तथा अन्य उपजमा अदुवा प्रतिकिलो ८०, सुकेको खुर्सानी ४४०, हरियो खुर्सानी ९०, अकबरे खुर्सानी २८०, हरियो लसुन १००, लसुन सुकेको (चाइनिज) ३०० र लसुन सुकेको (नेपाली) २०० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी सुकुटी तथा माछातर्फ छ्यापी सुकेको २२०, छ्यापी हरियो १८०, सुकेको माछा १०००, ताजा माछा (रहु) ३४०, (बचुवा) २८०, (छडी) २५०, राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।