काठमाडौं ।
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अधिकांश पदमा अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन्। महासचिव पदमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेल दुई सयभन्दा बढी मतको अन्तरले विजयी भएका छन्।
उपाध्यक्ष पदतर्फ पृथ्वी सुब्बा गुरुङले १,७३७ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याएका छन्। यसैगरी विष्णुप्रसाद पौडेलले १,६७५, रामबहादुर थापाले १,५१६, गोकर्णराज विष्टले १,३६८ र रघुजी पन्तले १,२५८ मतसहित उपाध्यक्षमा विजयी भएका छन्।
उपमहासचिव पदमा लेखराज भट्टले १,४५२ मत, रघुवीर महासेठले १,३६८ मत र योगेश भट्टराईले १,३४८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
त्यस्तै, सचिव पदमा महेश बस्नेत (१,५४४), पद्माकुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१,३३१), यमलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) मतसहित विजयी भएका छन्।
मत परिणामसँगै एमालेको नयाँ पदाधिकारी टिम औपचारिक रूपमा टुंगिएको छ।
निर्वाचित पदाधिकारीहरू:
-
अध्यक्ष: केपी शर्मा ओली
-
उपाध्यक्ष: पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
-
महासचिव: शंकर पोखरेल
-
उपमहासचिव: लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई
-
सचिव: महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल