काठमाडौँ ।
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूची सार्वजनिक गरेको छ। विभिन्न समुदाय र वर्गगत समुहका प्रतिनिधित्व हुने गरी तयार पारिएको सूची आयोगमा दर्ता गरिएको हो।
खस–आर्य समूहमा पद्मा अर्याल पहिलो नम्बरमा परेकी छन्। टुकाभद्र हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईंलगायतका नाम सूचीकृत छन्।
आदिवासी–जनजाति समूहतर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पासहित रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ आदिको नाम समेटिएको छ।
मधेसी समुदायतर्फ रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादवसहित चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल आदिको नाम परेको छ।
दलित कोटामा विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल, अञ्जु नेपालीलगायतका नाम रहेका छन् भने जितबहादुर दर्जी, यमबहादुर परियार, मनोहर विश्वकर्मा आदिको समावेश छ।
थारु समुदायबाट मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी तथा मुस्लिम समुदायतर्फ साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन र पुरुषतर्फ मोहम्मद हारुन हलवाई र एकवाल मियाको नाम सूचीकृत गरिएको छ।