आजको दिन विभिन्न राशिका लागि अवसर र चुनौती दुवैका संकेत बनेको छ। रोहिणी नक्षत्रको प्रभावमा कतिपय राशाका लागि आत्मविश्वास र उपलब्धिको समय देखिएको छ भने केही राशाले संयम र स्वास्थ्यप्रति ध्यान दिनुपर्ने खगोलीय संकेत प्राप्त भएको छ।
मेष
तार्किक क्षमतामा वृद्धि हुने, बुद्धिको प्रयोगले लक्ष्य नजिकिने संकेत। रोकिएका काम निस्किने, मिहिनेतको सम्मानसँगै प्रतिष्ठा आर्जनको अवसर।
वृष
रचनात्मक कामको सुरुवातका लागि शुभ समय। पारिवारिक भेटघाट, नयाँ अवसरको संकेत तर अवसरसँगै चुनौती पनि रहने सम्भावना।
मिथुन
आकस्मिक खर्च बढ्ने, वित्तीय पक्षमा सावधानी आवश्यक। लगानी र यात्रामा सचेत रहन सुझाव, तत्काल प्रतिफल पाउन कठिनाइ।
कर्कट
आम्दानीका स्रोत खुले पनि तुरुन्तै खर्च गर्नुपर्ने परिस्थिति। श्रमको मूल्यांकन भए पनि प्रतिफल ढिलो आउने संकेत।
सिंह
नयाँ अवसर प्राप्त, कर्मक्षेत्रमा सफलता तथा मान–प्रतिष्ठा बढ्ने सम्भावना। पदासीन व्यक्तिसँग सम्बन्ध सुदृढ, व्यवसायमा लाभदायक दिन।
कन्या
सहयोग र समर्थन प्राप्त, चुनौती हट्दै जाने संकेत। पदीय जिम्मेवारी तथा प्रतिष्ठा बढ्ने, आध्यात्मिक झुकाव बढ्ने समय।
तुला
स्वास्थ्यमा कमजोरी, आकस्मिक समस्याको सम्भावना। खर्च र गोपनीयतामा सचेत रहनु आवश्यक, काम बन्न समय लाग्न सक्छ।
वृश्चिक
मानसम्मान प्राप्त भए पनि खर्च बढ्ने। परिवार तथा सम्बन्धमा केही तनाव देखिने, विवाद टार्न संयम आवश्यक।
धनु
चुनौतीका बीच आँट र प्रयासले सफलता दिलाउने। शत्रु परास्त, प्रतिस्पर्धामा विजयको संकेत, भविष्यका लागि दिगो आधार बस्ने सम्भावना।
मकर
शुभचिन्तकको साथ, बौद्धिक तथा शैक्षिक क्षेत्रमा प्रगति। व्यापार र कृषि क्षेत्रमा लाभ, रोकिएको काम अघि बढ्ने।
कुम्भ
स्वास्थ्यमा समस्या देखिने संकेत, निर्णयमा हतार नगर्न सुझाव। सम्बन्धमा असमझदारी देखिने भएकाले संयमता आवश्यक।
मीन
कर्मयोग बलियो, उद्योग–व्यापारमा फाइदाको संकेत। प्रतिस्पर्धामा सफलता, सहयोगीहरूको साथले लक्ष्य नजिकिने सम्भावना।