काठमाडौं, २३ पुस।
आगामी फेब्रुअरीमा भारतमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि न्युजिल्यान्ड क्रिकेट टोली घोषणा गरिएको छ। टोलीको कप्तानी स्पिनर मिचेल स्यान्टनरले गर्नेछन्। यो उनको नवौं आईसीसी ग्लोबल प्रतियोगिता हुने बताइएको छ।
घोषित टोलीमा स्पिन विभागलाई बलियो बनाउँदै इश सोधी, माइकल ब्रेसेवेल, रचिन रविन्द्र र ग्लेन फिलिप्स छन्। तीमध्ये ब्रेसेवेल, फिलिप्स र रविन्द्रले ब्याटिङमा पनि योगदान दिने अपेक्षा गरिएको छ।
फास्ट बलिङतर्फ जेकब डफी, लकी फर्गुसन, म्याट हेनरी र एडम मिल्ने चयन भएका छन् भने अलराउन्डर जिमी नीशमले पनि बलिङअर्को विकल्प दिनेछन्।
विकेटकिपरको जिम्मेवारी टिम सेफर्टले सम्हाल्नेछन्। काइल जेमिसनलाई ट्राभलिङ रिजर्भमा राखिएको छ। फर्गुसन र हेनरी परिवारमा सन्तान जन्म हुने सम्भावनाका कारण आवश्यक परे जेमिसनले प्लेइङ सेटअप प्रवेश गर्ने सक्ने बताइएको छ।
मुख्य प्रशिक्षक रोब वाल्टरले घोषणा गरिएको टोली अनुभवी र सन्तुलित रहेको प्रतिक्रिया दिएका छन्। भारतको पिच र मौसमअनुकूल खेल प्रदर्शन गर्ने आत्मविश्वास टोलीले व्यक्त गरेको छ।
न्युजिल्यान्ड समूह ‘डी’ मा अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। न्युजिल्यान्डले फेब्रुअरी ८ मा चेन्नईमा अफगानिस्तानविरुद्ध पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ।
न्युजिल्यान्डको टोली:
मिचेल सान्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क चापमान, डेभन कनवे, जेकब डफी, लकी फर्गुसन, म्याट हेनरी, डारिल मिचेल, एडम मिल्ने, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, टिम सिफर्ट, इश सोधी, काइल जेमिसन (ट्राभलिङ रिजर्भ)।