काठमाडौं ।
काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. शम्भु पोखरेलले देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि २०० मिलियन पाउण्ड (३९ अर्ब) बराबरको आफ्नो सेयर त्यग गरि सामाजिक अभियानमा समर्पण हुने ऐतिहासिक घोषणा गरेका छन् । टेस्ला समूह युरोपका प्रेसिडेन्ट नियुक्त भएका डा. पोखरेलले आफुले पाउने ३९ अर्ब बराबरका सेयर त्याग गरि काठमाण्डौ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्धवारी दिएका हुन् ।
अर्थशास्त्रमा पीएचडी गरेका डा. पोखरेलले नेपाललाई ट्रिलियन डलर अर्थतन्त्रतर्फ अघि बढाउने स्पष्ट योजना र दृष्टिकोण प्रस्तुत गरि जनादेश लिन चुनावी मैदानमा प्रवेश गरेका हुन् । उनी विगत लामो समयदेखि मिडिया क्षेत्रमा सक्रिय रहँदै आफ्नै टेलिभिजन च्यानल बिजनेस टेलिभीजन (बि टिभी) सञ्चालन गर्दै आएका छन्। अब भने उनले प्रत्यक्ष राजनीतिक यात्रामार्फत सामाजिक परिवर्तनको अभियान सुरु गरेको बताएका छन्।
उनले आफ्नो एजेन्डामा निम्न प्राथमिकताहरू अघि सारेका छन्ः
१. फेस आर्ईडि र रेटिना भेरिफिकेशनबाटै सबै सरकारी सेवा
२. सरकारी अतिरिक्त खर्च विना नै निःशुल्क तथा गुणस्तरीय शिक्षा सबैका लागि
३. निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता
४. प्रविधि र उन्नयनसिर्जित अर्थतन्त्र
५.प्रत्यक्ष विदेशी लगानी (एफ डि आइ ) भित्र्याएर देशको उच्च आर्थिक विकास
६. पूर्वाधार विकास र स्मार्ट सिटी अवधारणा
७. पारदर्शी शासन प्रणाली र प्रविधिमार्फत भ्रष्टाचार नियन्त्रण
डा. पोखरेलले “व्यक्तिगत सम्पत्तिभन्दा ठूलो राष्ट्रको समृद्धि हो” भन्ने सन्देशसहित आफ्नो सेयरको लोभ नगरि राष्ट्र निर्माणको अभियानमा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। उनले युवाशक्ति, व्यवसायी वर्ग तथा आम नागरिकलाई परिवर्तनको यात्रामा साथ दिन अपिल गरेका छन्।
काठमाडौं क्षेत्र नं. १ मा यसपटकको निर्वाचन रोचक हुने संकेत देखिएको छ। स्वतन्त्र उम्मेदवारको रूपमा डा. पोखरेलको आर्थिक दृष्टिकोण, स्पष्ट योजना र सामाजिक प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
उनले भने, “नेपाललाई आत्मनिर्भर, समृद्ध र विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन अब साहसी निर्णय र व्यवहारिक योजना आवश्यक छ।”
अब हेर्न बाँकी छ—काठमाडौं क्षेत्र नं. १ का मतदाताले यो नयाँ आर्थिक दृष्टिकोणलाई कत्तिको साथ दिन्छन्।