पोखरा, साउन – पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा नियमित अन्तरराष्ट्रिय उडान सुरु गराउने उद्देश्यले होटल सङ्घ पोखरा नेपालले उच्च तहमा सक्रिय पहल थालेको छ। यसै सन्दर्भमा सङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ।
टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई ध्यानमा राख्दै, अर्थमन्त्रीमार्फत भारतका प्रमुख सहरहरूसँग पोखरा विमानस्थलमा सिधा अन्तरराष्ट्रिय उडान सुरु गर्न सरकारलाई पहल गर्न आग्रह गरेको छ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालनका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पोखराको नयाँ पुल सुरुङमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको र चालु आर्थिक वर्षको बजेटमा सो परियोजनाका लागि रकमसमेत विनियोजन गरिएको जानकारी दिएका छन्।
साथै, पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधा दिन व्यवसायीहरूले आग्रह गरेपछि, अर्थमन्त्री पौडेलले सो सम्बन्धमा नीतिगत समन्वय गर्ने विश्वास दिलाए। साथै, नारायणगढ–बुटवल सडक स्तरोन्नति र पोखरा–मुग्लिन सडक निर्माण तीव्र पार्न समेत सङ्घले माग गरेको थियो।
यस्तै, प्रतिनिधिमण्डलले युएईका राजदूत अब्दुल्ला सइद मुवारकसँग पनि भेट गरी पोखरा–दुबई सिधा उडान सञ्चालनको पहल गर्न आग्रह गरेको थियो। राजदूत मुवारकले फ्लाइ दुबईसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउँदै, दुबईबाट पोखरामा पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी भित्र्याउने विषयमा चासो देखाएका छन्।
गत वर्ष उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल हालसम्म नियमित अन्तरराष्ट्रिय उडान अभावमा निष्क्रियजस्तै बनेको छ। तर, होटल सङ्घको पहल, सरकारी प्रतिवद्धता र कूटनीतिक समन्वयका कारण अब सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान तथा व्यावसायिक गतिविधि सुरु हुने अपेक्षा गरिएको छ।
पोखरा, २५ साउन – पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा नियमित अन्तरराष्ट्रिय उडान सुरु गराउने उद्देश्यले होटल सङ्घ पोखरा नेपालले उच्च तहमा सक्रिय पहल थालेको छ। यसै सन्दर्भमा सङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ।