-
सहकारीलाई धेरै नेपालीले आफ्नो आर्थिक सहारा ठान्ने गरेका छन्।
-
सदस्यको हित सुरक्षित गर्ने जिम्मा भने सरकारकै हुन्छ।
-
सहकारीको ऋण नतिर्नु सामाजिक अपराध हो।
-
सहकारी समस्या ऋणीले ऋण नतिर्नु को एउटा कारण पनि हो।
काठमाडौं । सहकारीलाई केवल आर्थिक संस्था मात्रै होइन, सहकार्यको भावनामा बनेको समुदायका रूपमा बुझ्नुपर्छ। मन, वचन र कर्मले एकआपसमा मिलेर बनाएको साझा जमघट नै सहकारी हो। विशेषगरी न्यून आय भएका वर्गका मानिसहरूको सानो–सानो बचतलाई सुरक्षित राख्ने र आवश्यक परे ऋण सुविधा दिने सहकारीलाई धेरै नेपालीले आफ्नो आर्थिक सहारा ठान्ने गरेका छन्।
बचत सुरक्षित राख्ने जिम्मेवारी
सरकारले सहकारीमा जम्मा भएको रकमको सीधा ग्यारेन्टी गर्ने दायित्व भने लिएको छैन। तर सहकारी ऐन, नियमावली र नियामक निकायमार्फत सरकारको काम सहकारीलाई नियमन, अनुगमन र व्यवस्थापनमा सीमित हुन्छ। यसकारण, अनियमितता रोक्ने, पारदर्शिता कायम गर्ने र सदस्यको हित सुरक्षित गर्ने जिम्मा भने सरकारकै हुन्छ।
सहकारी सदस्यको बचत सुरक्षित राख्ने पहिलो दायित्व भने सहकारी आफैं र त्यसमा संलग्न सदस्यहरूको पारदर्शी व्यवस्थापनमा निर्भर हुन्छ।
सहकारीको ऋण तिर्नु अनिवार्य। सहकारीको ऋण नतिर्नु सामाजिक अपराध हो।
सहकारीको ऋण तिर्नु केवल कानुनी बाध्यता मात्र होइन, नैतिक दायित्व पनि हो। किनभने सहकारीमा जम्मा भएको पैसा कुनै व्यक्तिको होइन, जनताको सामूहिक सम्पत्ति हो। कुनै सदस्यले लिएको ऋण समयमा नतिरे सम्पूर्ण समुदाय प्रभावित हुन्छ, जसको प्रत्यक्ष असर गरीब तथा श्रमिक वर्गकै बचतमा पर्छ। त्यसैले सहकारीको ऋण चुक्ता गर्नु अनिवार्य मानिन्छ। सहकारीको ऋण नतिर्नु सामाजिक अपराध हो। अहिले देखिएको सहकारी समस्या ऋणीले ऋण नतिर्नु को एउटा कारण पनि हो।
सहकारीलाई सबल बनाउन सदस्यहरूको आस्था, पारदर्शी व्यवस्थापन र जिम्मेवार नेतृत्व जरुरी छ। सरकार नियमनकर्ताको भूमिकामा रहन्छ, तर सहकारीको बचत सुरक्षित राख्ने वास्तविक दायित्व समुदायकै हातमा हुन्छ। सहकारी भनेको केवल आर्थिक व्यवहार गर्ने संस्था होइन, बरु सामूहिक श्रम, विश्वास र सहकार्यको प्रतीक हो।