भदौ महिना २३ र २४ गते नेपालमा अकल्पनीय र आततायी घटना घट्यो। जेनजी खास सन १९९७-२०१२ बिस २०५४ -२०७९ सालमा जन्मेका हाम्रा छोराछोरी र भाइ बैनी नै हुन। जसले यो घटना घटाउनु त के सोच्न पनि सक्दैनन। यदि यो घटना सुनियोजित र नाटकीय हो भने हाम्रो संयन्त्र किन असफल भयो त? यसको बारेमा बहस हुनु पर्दैन ? हामी नेपाली जनताले १० बर्षे जनयुद्दको त्यो रापताप र बलिदानको भयाभय  स्थिती झै ताजै छ। अब फेरी कस्तो बलिदानी खोजिदैछ?
लोकतन्त्र र गणतन्त्रको बिरुद्द्मा जेनजी हो जस्तो लाग्दैन र होइन पनि। बिचरा हाम्रा जेनजीका त भ्रस्टचार मुक्त सामाज र सुशासनको एजेन्डा पो मुख्य हुन त। जनताले राम्रो सग सार्बजनिक सेवा लिन पाउन। कर्मचारी तन्त्र सबल र सफल होस भन्ने न हो।
लोकसेवामा पास भएर परिक्षणकाल सकिन पाको छैन, अख्तियारमा हाजिर हुन जाने प्रचलनको अन्त्यको लागि हो जेनजी आन्दोलन। नेता भएर बिलासी जीबनको प्रारम्भको अन्त्यको लागि हो जेनजी आन्दोलन।
बिदेशमा दोस्रो नागरिक हुन बाध्यताको अनत्यको लागि हो जेनजी आन्दोलन।
जेनजीले कुनै बाद को परिकल्पना गरेनन बरु असमान ब्यबहारको अन्त्यको लागी आवाज बुलन्द पारेको हो। देशको आमुल परिबर्तनको लागि गरेको शान्तिपुर्ण प्रदर्शनले यो लेख तयार गर्दा सम्म७३ जना अबोध बालबालिकाले सहादत प्राप्त गरे। जेनजी ले ब्यबस्था होइन जनताको अबस्थाको सकारात्मक परिबर्तन चाहेका हुन।
हाम्रा जेनजी यसरी हिम्स्रक हुन सक्दैनन किन कि उनीहरु बिज्ञान र प्रबिधिका आबिस्कारक हुन। उनन्त समाजको परिकल्पना जेनजी को हो।
समुन्नत समाज र शान्त बाताबरणको खोजिगर्ने पुस्ता हो जेनजी।
जेनजी उमेर समुहका जेन वाइ ले जनयुद्द लडेर देशलाइ शान्ति र अमनचयनको बाटो मा यिनै जेन वाइ ले ल्याएका हुन। जेन वाइ पनि समाज मा भएको अन्याय र दमनको बिरुद्द १० बर्ष जनयु्द्द लडे १७ हजार भन्दा बढि नेपाली जनताले रगत बगाएर ल्याएको यो जनताको नासो नाटकीय रुपमा अपहरण गर्न जेनजीलाइ प्रयोग गरेको हो भने सबै लोकतन्त्र र गणतन्त्रको लागि आहुती दिने ति महान सहिदले यी दललाइ के भन्छन होला?
बाद, दल र पार्टी जनताको हितको लागी हो।
जनताको नासो कसैको बहुलठ्ठी पाराले अपहरण गर्न खोज्नु हानिकारक हुन्छ।जनताको भरोषा दलहरुले गुमाएका हुन यसमा बहस गर्नै पर्दैन। तर यो सुधार्नु यि नै जेनजीको कर्तब्य हो। तर कसैको हतियार र मतियार जेनजी बन्नु हुदैन। र स्वाधिनता र स्वतन्त्रता मानवका अपरिहार्य अबयब हुन।
सुनियोजित रुपमा नेपालमा अमेरिकी सेना ल्याउनको लागि यि हाम्रा सन्तानको बलिदानी लिएको हो भने सम्झे हुन्छ। जेनजीका बाउ र दाजु पुस्ता जेन वाइ को शरिरमा जनयुद्द लडेको जोश र जागर बलिदानी भाबना सेलाएको छैन।
प्रिय जेनजीहरु देश निर्माण गर्न गरेको आन्दोलनको लागी नमन तर यो गलत दिशामा लान खोजे भने फेरि एकचोटी स्वाधिनता र देशको स्वतन्त्रताको लागी प्रबिधियुक्त आन्दोलनको लागि जेन एक्स वाइ जी एक हुनुपर्छ।
जय जेनजी जय आन्दोलन