काठमाडौं ।
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा २ प्रतिशतले घट्दै १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ। असोज मसान्तसम्ममा खुद ब्याज आम्दानी ३.७७ प्रतिशतले बढ्दै २ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो रकम २ अर्ब ८० करोड ६२ लाख रुपैयाँ थियो।
खुद फि तथा कमिशन आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। यो आय ३९.६३ प्रतिशतले बढेर ८४ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशतले बढ्दै ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन नाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन १.१६ प्रतिशतले घट्दै ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँमा पुगेको छ। तर, कर्जा लगानी भने ३.२५ प्रतिशतले बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँमा पुगेको छ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी (EPS) ३३ पैसा घट्दै १६ रुपैयाँ ११ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ११.२६ गुणा रहेको छ।
गत वर्षको असोजमा ४.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा (NPL) यस वर्ष बढेर ६.९८ प्रतिशतमा पुगेको छ।