काठमाडौँ
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको मूल्य मंगलबारको तुलनामा घटेको छ।
बुधबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा तोकिएको छ। मंगलबार खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।
युरोपियन युरोको एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा तथा बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रैंक एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा छ। सिङ्गापुर डलरको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा छ।
साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर र डेनिस क्रोनरसहित अन्य प्रमुख मुद्राको दर पनि अद्यावधिक गरिएको छ।
राष्ट्र बैंकका अनुसार हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनारको खरिददर ४६७ रुपैयाँ ४३ पैसा, बहराइन दिनारको खरिददर ३८० रुपैयाँ ६९ पैसा र ओमानी रियालको खरिददर ३७२ रुपैयाँ ७५ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार कुनै पनि समयमा परिमार्जन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले लागू गर्ने दरमा केही फरक हुनसक्ने तथा अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने जनाएको छ।