काठमाडौँ
आज पुस ६ गते आइतबार १२ राशिका लागि ग्रह–नक्षत्रको प्रभाव यस प्रकार देखिन्छः
मेष
समय शुभ रहेकाले राजनीतिमा सफलता मिल्ने, मान–सम्मान बढ्ने र फलदायी यात्रा हुने संकेत छ।
वृष
दिन अनुकूल नदेखिँदा रोगव्याधि, काममा बाधा–व्यवधान तथा आर्थिक समस्या आउन सक्छ।
मिथुन
समय शुभ छ। धन प्राप्ति हुने, विपरीत लिंगीबाट सहयोग मिल्ने र शुभ यात्राको योग छ।
कर्कट
दिन उत्तम फलदायक रहनेछ। धन लाभ, खेलकुद वा परीक्षामा सफलता तथा सुख–सन्तोष प्राप्त हुनेछ।
सिंह
समय अनुकूल छ। कार्यक्षेत्रमा सफलता, आर्थिक लाभ र उत्साह बढ्ने देखिन्छ।
कन्या
सजग रहनु उचित हुनेछ। अपच, अनावश्यक दौडधूप र काममा अल्झनको सम्भावना छ।
तुला
तपाईंका लागि दिन शुभ छ। आर्थिक उन्नति, पराक्रम वृद्धि तथा वस्तु वा सेवा प्राप्ति हुन सक्छ।
वृश्चिक
दिन शुभ रहेकाले बौद्धिक क्षमता वृद्धि, कूटनीतिमा सफलता र धन लाभको संकेत देखिन्छ।
धनु
मिष्ठान्न भोजनको अवसर मिल्ने, व्यवसायबाट आम्दानी हुने र गरेका काम सफल हुने सम्भावना छ।
मकर
धन हानि, स्वास्थ्य समस्या र नैराश्यता देखिन सक्ने भएकाले विशेष सजगता अपनाउनु आवश्यक छ।
कुम्भ
तपाईंका लागि दिन शुभ रहनेछ। सम्पत्ति तथा खाद्यान्न प्राप्ति र आर्थिक लाभ हुने संकेत छ।
मीन
सानो प्रयासमै काममा सफलता मिल्ने, हर्षोल्लास बढ्ने र नयाँ कार्यप्रति जोश सिर्जना हुने देखिन्छ।