विकास भन्नाले कुनै देश, समाज वा व्यक्तिको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक रूपमा समग्र उन्नति र परिवर्तनलाई जनाउँछ। विकासले जीवनस्तर सुधार, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र प्रविधिको पहुँचलाई समेट्छ।चीनको विकास मोडल राज्य नियन्त्रित पुँजीवाद हो, जसमा सरकारले दीर्घकालीन योजना बनाइ समृद्धिको दिशामा लगानी गर्छ।
चीनले विशेष आर्थिक क्षेत्रहरू, आधारभूत पूर्वाधार, निर्यातमुखी उद्योग, प्रविधिमा लगानी, र कठोर नीति कार्यान्वयनलाई प्राथमिकता दियो। ग्रामीण क्षेत्रको गरिबी हटाउन, यातायात र सञ्चार विस्तार गर्न र जनशक्तिको उत्पादनशीलता बढाउन ठूला सुधार गरियो। नेपाल जस्ता विकासोन्मुख देशले चीनबाट केही महत्वपूर्ण पाठहरू सिक्न सक्छन् :-
-,दिगो र स्पष्ट विकास नीति बनाउने।
-,पूर्वाधारमा लगानी बढाउने।
-,शिक्षा र सीपमा ध्यान दिने।
-,रोजगारी सिर्जना गर्ने उद्योग प्रवर्द्धन गर्ने।
-सत्ताको स्थायित्व र सुशासन कायम राख्ने।
नेपालले दीर्घकालीन योजना र दृढ नेतृत्वको माध्यमबाट चीनको केही सफल रणनीतिहरूलाई स्थानीय सन्दर्भअनुसार अनुकरण गर्न सकेमा समृद्धिको बाटो तय गर्न सक्छ।
मानव सभ्यताको इतिहासमा केही मुलुकहरू यस्ता छन,जसले सीमित स्रोत साधनको बाबजुद असाधरण प्रगति गरेका छन।ती मध्ये एक प्रमुख उदाहरण हो जनवादी गणराज्य चिन।
चिनको पहिलो भम्रण मेरो लागि केवल एउटा देश भम्रण होइन भबिष्यको सम्भावना र गतिशीलताको साक्षात्कार थियो ।मलाइ लाग्यो यो देशले यस्तो गर्न सकेको हो भने हाम्रो नेपालले किन नसक्ने र ?
चिन पुगेको पहिलो दिनबाटै मैले त्यहा को अनुशासित जीवनशैली महसुस गरे ।सहरका सडकहरू सफा ट्राफिक ब्यवस्था चुस्त नागरिकहरू समयको कदर गर्ने अनि राज्यले नागरिकको जीवन सहज बनाउने प्रयास छन, रेल ,मेट्रो,सडक,बिधुतिय सवारी साधन स्मार्ट मोबाइल एप्स ,इ-पे प्रणाली गाउदेखी सहरसम्म सञ्चार पहुच यी सबैले चीनलाइ भबिष्यको राष्ट्र बनाएको महसुस गराइरहेको थियो ।बुझ्दा थाह भयो चीनले पछिल्लो ४० बर्षमा आफ्नो नीति योजना र कार्यशैलीमा व्यापक रूपान्तरण गरेर बिश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। उनिहरूको नेताहरूले जनतालाइ केन्द्रमा राखेर बिकाशको कार्यभार सम्हालन दृढता देखाए।चिनको चमत्कारी बिकाशबाट धेरै सिक्न सकिन्छ?
चिनको विकाश आक्स्मिक होइन योजना बद्ध केन्द्रित र निरन्तर लगनशिल प्रयासको नतिजा हो ।यहाँ चिनको सफलताको केही मुख्य बिषयहरू छन । आत्मानिर्भर उत्पादन रोजगारी जस्ता थुप्रै कामहरू भएको छ ।
निष्कर्ष
चीनबाट सिक्ने र नेपालमा लागू गर्ने , चीनको विकासबाट नेपालले सिक्नुपर्ने थुप्रै महत्त्वपूर्ण पाठहरू छन्। सर्वप्रथम, चीनले दिगो आर्थिक विकासका लागि दीर्घकालीन योजना र राजनीतिक स्थायित्व कायम गरेको छ, जुन नेपालले पनि अनुकरण गर्न जरुरी छ। दोस्रो, चीनले कृषिमा प्रविधिको प्रयोग, पूर्वाधार विकास, र उद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर गरिबी घटाएको छ, जुन नेपालका लागि पनि प्रेरणादायी छ।
चीनले शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा र संचार क्षेत्रमा व्यापक लगानी गरेर सर्वसुलभ सेवा प्रवाह गर्न सकेको छ। नेपालले पनि यस्तो सेवा विस्तारमा प्राथमिकता दिनुपर्छ। साथै, चीनको अनुशासन, नीतिगत स्पष्टता, भ्रष्टाचार नियन्त्रण, र प्रशासनिक दक्षता नेपालका लागि उदाहरणीय छन्।
चीनले ‘एक क्षेत्र, एक मार्ग’ (Belt and Road Initiative) जस्ता परियोजनाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र व्यापार वृद्धि गरेको छ, जसबाट नेपालले पनि लाभ लिन सक्छ। आफ्नै स्रोत/साधनको उपयोग, राष्ट्रिय हितमा केन्द्रित विकास मोडल, र वैज्ञानिक अनुसन्धानलाई जोड दिएर नेपालले चीनको विकास बाटोबाट सिकेर समृद्धि हासिल गर्न सक्छ।म चिनबाट फर्किदा एउटै भावना बोकेर फर्किए । हामीले राजनिति शासन र कार्यशैलीमा लयाउन सक्यौ भने ,नेपालको प्रत्येक जिल्लामा बेइजिङ ,सङघाइ,शेनजेनको झल्को देख्न सकिन्छ। हामीसंग स्रोत छन ,शक्ति छन र सपना पनि छन अब जरूरी छ,तिनलाइ साकार बनाउने योजना,संकल्प र समर्पण।नेपालको जनतामा आत्माबल छ देश प्रेम छ। , बस उनिहरूलाई नेतृत्व बाट विश्वास र प्रतिबद्धता चाहिएको छ ।सीप बिकाश र उधम प्रोत्साहन नेपालमा लाखौ युवा बेरोजगार छन वा बिदेश गएका छन ।उनिहरूलाइ सवदेशमै रोजगारी दिन सीपमुलक तालिम ,सस्तो कर्जा र स्टार्ट अप संस्कृति विकाश गर्न सकिन्छ। कृषिमा आधुनिकिकरण नेपालको ६५% जनसंख्या कृषि क्षेत्रमा छ तर उत्पादन न्यून छ। चीनले जस्तै प्राबिधियुक्त कृषि ,सहकारी प्रणाली र कृषि बजार सुनिश्चित गरेमा कृषिमा आत्मा निर्भता सम्भव छ।जलबिधुत र पर्यटन नेपालसंग ८३ हजार मेगावट जलबिधुत को सम्भावना छ तर उत्पादन ३ हजार मेगावट पनि छैन ।चीनले उर्जा र पर्यटनलाई राम्रोसंग बेच्न सकेको छ ,नेपालले पनि बुटिक टुरिजम साहसिक पर्यटन धार्मिक स्थल र हिमालको ब्रान्डिङ गरेर देशको आमदानी बढेमा मात्र नेपाल समृद्ध को बाटोमा अगाडि बढन सक्छ यसमा सबै राजनितिक दलहरू योजना बनाएर अघि बढनु नै देशको भलो हुन्छ ।