काठमाडौं । गणतन्त्र तेसै संकटमा परेको होइन ,दलका माथिका टाउकाको अदूरदर्शिताले राष्ट्र बैंकको नयाँ गभर्नरमा नेपाली काग्रेसका सक्रिय कार्यकर्ता एबम योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल प्रस्ताव गरिएका छन् । तर, गभर्नर पदमा दावेदारीलाई उनको विज्ञताले समर्थन गर्दैन, भने कानूनतः पनि योग्य छैनन् । यसरी राष्ट्र बैंक जस्तो देशको अर्थतन्त्रको मुख्य निकाएमा दलको राजनीतिले व्यवस्थाको धज्जी उडाएको कारणले नै व्यवस्था विरोधी गतिविधि बढेको जानकारहरुको मत छ।
पौडेलले आफैं गभर्नर बन्ने प्रयोजनका लागि, सिफासि समितिको सदस्यबाट राजीनामा दिएका छन। अब एउटा नाटक मञ्चन गरिनेछ, जसमा नयाँ सिफारिस समिति बनाइने छ, त्यसले पौडेललाई गभर्नर बनाउन कै निम्ति सिफारिस गर्छ। परीक्षाको रिजल्ट आइसको पौडेल गर्भनर भइसके, तर नाटकरुपी दलको जनता छल्ने प्रकिया भने बल्ल शुरू हुदैछ। तबपो लोकतन्त्र जानकाररुको विरोधसगै अविश्वास छ।
डा. पौडेल नेपाली काग्रेसका सक्रिय कार्यकर्ता हुन । यसको पुष्टि पौडेलले ७-८ वर्ष अगाडि नै चितवनको रत्ननगरबाट कांग्रेसको क्रियाशील सदस्यता लिएको र नियमित नविकरण गराइरहेकोबाट हुने बताइन्छ । त्यसैले उनी २०७९ मा भएको आम निर्वाचनमा चितवन १ बाट कांग्रेसबाट उम्मेदवारी दिएर रास्वपाका हरि ढकालसँग पराजित भएका पात्र हुन । जहाँ नेपाल राष्ट्र बैंक ऐनले कुनै राजनीतिक दलमा सदस्य नभएको व्यक्ति मात्रै गभर्नर बन्नसक्ने भनेर स्पष्ट उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक बन्नका लागि योग्य नहुने सातवटा अवस्थाहरु राखिएका छन्, जसको पहिलो उपदफामा भनिएको छ-'राजनीतिक दलको सदस्य वा पदाधिकारी । अर्थात्, कुनै पनि दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ती गभर्नर बन्न अयोग्य हुन्छ ।' अब अर्को नाटक को दृष्य पनि देख्न सकिएला, त्यो भनेको उनले नेकाको सदस्यता लुकाएर लिदै नलिएको देखाउन सक्नेछन। तर, उनको विगतको भुमिकाले लुकाएर लुकिने अवस्था छैन। किनकी नेकाको सदस्यता भकै कारणले धेरै अनुभविहरुलाई पन्छाएर योजना आयोगको उपाध्यक्ष भएकोमा कुनै द्वीविधा छैन । र, एउटा पार्टीबाट चुनाव लडिसकेका व्यक्ति स्वतः अयोग्य हुनुपर्ने कानूनविदहरु बताउँछन् ।
विगतमा ‘एम अधिकारी प्रकरण’ लाई पनि सम्झिन सकिन्छ । राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले एम अधिकारी नाममा पार्टीको अर्थ तथा योजना विभागमा राखेको विषय सार्वजनिक भएपछि ठूलै हंगामा भएको थियो । अधिकारीले आफू ‘एम आधिकारी’ नभएको झूटो प्रष्टीकरण दिए र यो प्रकरण यत्तिकै सेलायो । एम अधिकारी उनै हुन् भनेर पुष्टि हुने कागजात कसैले पछार्न सकेन । फलतः पद जोगियो । अहिले विश्व पौडेलले पनि त्यसैगरी आफ्नो कांग्रेससँगको आवद्धता लुकाउने प्रयास पक्का गर्ने छ । तर, जोडबल गरे पनि उनले पढेको अनुभव गरेको र पाउन खोजेको पदको तालमेल कतै पनि नमिल्ने जानकारहरु बताउँछन् ।
गर्भनरको मुख्य जिम्मेवारी भनेको देशको मौद्रिक नीति बनाउने हो । मौद्रिक नीतिले देशको सिंगो अर्थतन्त्रलाई प्रभावित र चलायमान बनाउँछ । तर, पौडेल मौद्रिक नीतिका जानकार होइनन् । मौद्रिक नीति न उनको औपचारिक अध्ययनको विषय हो, न उनले यसमा कुनै अनुभवै बटुलेका छन् । डा. पौडेललाई नजिकबाट चिनेकाहरु उनलाई मुलधारका अर्थशास्त्री नै मान्दैनन् ।
पौडेलले चीनमा कम्प्युटर इन्जिनियरिङमा ब्याचलर्स गरेपश्चात अमेरिकामा मास्टर्स र पीएचडी गरे । उनले पहिलो डिग्री कम्युटर साइन्समा र दोस्रो डिग्री कृषि अर्थशास्त्रमा (टेक्सासबाट) गरेका हुन् । त्यसपछि उनले अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि र साधनस्रोत अर्थशास्त्रमा पिएचडी गरे। यो नै गणतन्त्रको रजाइ हो भने अन्तर्राष्ट्रिय लज्जाको विषय हुनेछ ।