१. परिचय
नेकपा एमाले (नेपाल कम्युनिष्ट पार्टी – एमाले) नेपालकै प्रमुख राजनीतिक दलमध्ये एक हो । यसको स्थापना २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी) र नेपाल कम्युनिष्ट पार्टी (लेनिनवादी) एकीकृत भएर भएको हो । विचारधारागत रूपमा यो दल
मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई
मार्गदर्शक सिद्धान्त मान्छ ।
एमालेले लोकतान्त्रिक प्रणालीभित्र समाजवादको स्थापना गर्ने लक्ष्य राखेको छ । यस दलको प्रारम्भिक भूमिकाले २०४६ सालको जनआन्दोलनमा योगदान पुर्यायो । २०५२ सालमा अल्पमत सरकारको नेतृत्व गर्दै एमाले नेपालकै पहिलो निर्वाचित कम्युनिष्ट सरकारको रूपमा चर्चित भयो । पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सामाजिक न्याय, दिगो विकास र राष्ट्रियता जस्ता नीतिहरूलाई प्राथमिकतामा राखेको छ ।
नेपालको राजनीतिक उतार–चढावमा एमाले कहिले सत्तामा त कहिले प्रतिपक्षमा रहँदै आएको छ । केपी शर्मा ओलीको नेतृत्वमा यो दलले २०७२ सालपछि संविधान कार्यान्वयन, आधारभूत संरचना विकास र राष्ट्रिय गौरवका योजनाहरूमा सक्रियता देखाएको छ । अहिले पनि एमाले नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति मानिन्छ ।
नेपालको राजनीतिक वृत्तमा नेकपा एमालेको स्थान ऐतिहासिक रूपमा प्रभावशाली रहँदै आएको छ। आजदेखी होइन हिजो देखी नै एमालेको चर्चा चुलिएको हो।सत्ता र प्रतिपक्ष दुवै भूमिकामा रहँदा पनि निरन्तर चर्चा र बहसको केन्द्रमा रहन सक्नु एमालेको विशिष्टता हो। तर
यो निरन्तर चर्चाको कारण केवल उपलब्धिहरू हुन् कि सुविचारित प्रचार रणनीति?
यस लेखमा आलोचनात्मक दृष्टिकोणबाट वर्तमान एमालेको अभियान, जनसम्पर्क, सांगठनिक संरचना र सम्भावित सुधारमाथि चर्चा गरिएको छ।कतिपय आलोचना पाटी बनाउने शुत्र बन्न सक्छन् ।
२. शुद्धीकरण र सांगठनिक सुदृढीकरण
यथार्थमा दाबी गरिएको जस्तो मिसन ग्रासरुट, जरा केन्द्रित अभियान, संकल्प यात्रा जस्ता कार्यक्रमहरू एमालेको सांगठनिक जीवन सुदृढ गर्न र जनसम्पर्क फैलाउन महत्वपूर्ण कदम भए पनि सफल हुन सकेको भान हुदैन । यद्यपि यी कार्यक्रमहरूमा केही प्रशंसायोग्य पक्ष भए पनि उक्त प्रभावकारिता र स्थायित्वबारे केहि आलोचनात्मक प्रश्न उठ्न सक्छन्।
- कार्यकर्ताको स्वेच्छिक सहभागिता भए पनि अधिकांश स्थानमा स्थानीय असन्तुष्टि, मतभेद र सीमित सहभागीता देखिएको थियो भलै एमाले जनजातीको विरुद्धमा भएको हल्ला हुँदा पनि उत्तिको कार्यक्रमहरु सफल नै मान्नुपर्छ ।
- सदस्यता शुद्धीकरणको प्रक्रिया पारदर्शी भए पनि स्थानीय गुटबन्दीले पुनः प्रभाव जमाउन थालेको संकेतहरू छन् उतिबेला नै देखिएका छन् ।
- सुधारको सुझाव:
- सदस्यता प्रणालीमा डिजिटल प्रमाणिकरण लागू गर्नुपर्छ।
- प्रत्येक अभियानको पारदर्शी मूल्यांकन गरिनुपर्छ।
३. विचारधारात्मक स्पष्टता र वैचारिक विमर्शको खडेरी
जनताको बहुदलीय जनवाद (ज.ब.ज.) एमालेको मुख्य वैचारिक आधार हो। तर पछिल्लो दशकमा यो विचारधाराको अधकचरो व्याख्या र सांकेतिक प्रयोग मात्र देखिन्छ।विचारका नाममा व्यक्तिवादी प्रवृत्तिको बोलबाला छ।नेताहरूका व्यक्तिगत लोकप्रियता केन्द्रित अभ्यासले पार्टी विचारभन्दा अगाडि व्यक्तिलाई स्थापित गरेको देखिन्छ।
-६ सुधारको उपाय:
-विचारधारात्मक प्रशिक्षण र गहन छलफल प्रत्येक तहमा अनिवार्य गरिनुपर्छ।
-"जनताको बहुदलीय जनवाद" लाई यथार्थमा स्थानीय सरकार, शिक्षा, रोजगारीमा व्यवहारिकरूपमा लागू गर्न रणनीति बनाइनुपर्छ।
४. केपी शर्मा ओलीको प्रभाव: नेता कि पार्टीभन्दा माथिको शक्ति?
केपी शर्मा ओली एमालेको चर्चाको केन्द्रका रूपमा हुनुहुन्छ ।उहाँ नेतृत्वदायी भुमिकामा हुनुहुन्छ र नै चर्चामा पनि हुनुहुन्छ जुन वास्तविकता हो।
तर सोही प्रभावले पार्टीभित्र आलोचना, प्रतिस्पर्धा र वैकल्पिक नेतृत्व विकासलाई कुण्ठित बनाइयो भने पाटीको भावी नेतृत्व गर्ने नेताहरु सक्षम नहुन सक्छन् ।आज नेतृत्व चर्चामा हुँदा भोलि पनि उत्तिकै चर्चा अर्को आउने नेतृत्वको पनि हुन सक्दा पाटीको साख बच्छ ।बचाउन सकिन्छ ।
-युवा पुस्ताको प्रतिनिधित्व उच्च नेतृत्व तहमा कमजोर छ।यसलाई सक्षम बनाउन अन्डर ४० बर्षलाइ नेतृत्वमा ल्याउने अभ्यास जिल्ला र प्रदेशमा त गरिएको छ तर केन्द्रिय तहमा छैन यसलाई केन्द्रीय तहमा पनि सरुवात गर्नुपर्ने देखिन्छ ।
- गहिरो छलफल गरेर पाटी सदस्यहरुको मतद्वारा हरेक तहमा नेतृत्व छनौट गर्ने प्रक्रिया अवलम्बन गर्नुपर्ने देखिन्छ ।यस्तो प्रक्रियाले तल्लो तहमा कार्यकर्ता उत्साहित हुन्छन् र नेतृत्वमा आउन नेताहरुको सम्बन्ध कार्यकर्तासग दरो हुनसक्छ भने आन्तरिक पुर्ण लोकतान्त्रीकरण हुन्छ ।
- सुधारको उपाय:
-नेतृत्व हस्तान्तरणको संस्थागत प्रक्रिया बनाइनुपर्छ।
-युवाहरूको भूमिका बढाउन आन्तरिक आरक्षण वा कोटाको सिद्धान्त अवलम्बन गर्न सकिन्छ।
५. चुनावी यथार्थ र मिडिया संवाद
२०७९ को चुनावमा एमालेको मत हिस्सेदारीलाई मिडियाले कमजोर आँकलन गरे पनि पार्टीले अपेक्षा भन्दा बढी मत ल्यायो। तर यहाँ पनि विचार गर्नुपर्ने कुरा:
मिडियासँग पार्टीको सम्बन्ध द्वन्द्वात्मक होइन समन्वयात्मक र सहकार्यको जरुरी छ। अहिले डिजिटल युग भएको हुनाले डिजिटल प्लेटफर्मको सदुपयोग अत्यन्तै जरुरी छ।
-पार्टीले सकारात्मक आलोचनालाई ग्रहण गर्न सक्नुपर्छ ।आलोचनाले पाटी कदापि कमजोर हुदैन झन् स्पातिलो र बैचारिक बन्न सक्ने अवस्था सृजना हुनसक्छ ।
- सुधारको उपाय:
- प्रेस जगतको युगान्तकारी प्रयोग गर्नकै लागि योजना बनाउने ।
-पार्टी प्रवक्ताहरूले तार्किक ,जिम्मेवार, तथ्यमा आधारित जवाफ दिने संस्कारलाई ससक्त बनाउनुपर्छ ।
६. जनसंगठनको अवस्था: शक्ति कि बोझ?
एमालेमा शक्तिशाली २३ वटा जनसंगठनको व्यापक उपस्थितिले एमालेको आधार दरिलो र मजबुत देखिन्छ।
तर:
-धेरै संगठनहरू निष्क्रिय वा केवल नेतृत्वप्रतिको वफादारीमा सीमित छन्।जो नेतृत्वलाई रिपोर्टिङ गर्छन् उम्दो काम देखिदैन ।यस्ता जनसंगठनलाई बलियो बनाउन देशभर कार्यक्रम बनाउनेतर्फ उत्साहित गर्नुपर्ने देखिन्छ ।
-संगठनहरूको नीतिगत स्वतन्त्रता र जनतासँगको सम्बन्ध कमजोर हुँदै गरेकोले जनसम्पर्कलाई दरिलो बनाउनुपर्छ ।
-सुधारको उपाय:
जनसंगठनहरूमा स्वतन्त्रता, सामाजिक र राजनीतिक लेखा परीक्षण र कार्यसम्पादन मूल्यांकन लागू गरिनुपर्छ।जसले जस्तोसुकै समस्या पत्ता लगाउछ र समाधान गर्ने उपाय खुट्याउछ।सदस्यता विस्तारभन्दा कार्यदक्षता र जनसम्बन्धमा प्राथमिकता दिनुपर्छ।यस्तो प्रक्रियाले सक्रियता बढाउछ।काम पहिलो प्राथमिकतामा पर्छ।।
७. लोकतान्त्रिक आन्तरिक जीवन: बहसको संस्कृति कहाँ?
विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने सम्पूर्ण नेताकार्यकर्ताहरुको बीचमा व्यापक छलफल गर्ने गराउने वातावरण बनाउनुपर्छ ।बहस सकारात्मक संकेत हो। यो
साँचो आन्तरिक लोकतन्त्र हो केवल प्रदर्शन मात्रै हुदैन ।
बोल्न र आलोचनात्मक सस्कृती कमजोर भएकोप्रती पार्टी भित्रकै नेता कार्यकर्ताबाट आलोचना भइरहेका छन् तर बाहिर निकाल्न सकिरहेको स्थिति छैन ।
-अधिकांश निर्णयहरू अध्यक्ष वरिपरि सीमित छन् भन्ने आरोप बाहिर आइरहेको स्थिति छ ।यसको समाधान बिधान महाधिवेशनमा कुन अख्तियार कसलाई दिने र कति पदाधिकारी बनाउने भन्ने बिषयमा गहिरो छलफल गरेर टुंगोमा पुर्याउन सक्दा उपयुक्त हुन्छ ।
-असहमत मत दिनेहरूलाई ‘विरोधी’ मान्ने प्रवृत्ति देखिन्छ।
-सुधारका उपायहरू:
-आन्तरिक बहसलाई संस्थागत गर्दै मतभेदलाई सम्मान गर्ने अभ्यास थियो र अझै यसलाई सम्मान गरिनुपर्छ।हिजो थियो तर कमजोर भएको छ भन्ने आलोचना व्यापक छ।यसको समाधान व्यापक संबादले नै गर्छ।।
-केन्द्र–प्रदेश–स्थानीय तहसम्म नीति निर्माणमा सहभागी बनाउने संरचना बनाइनुपर्छ।यसले सबै नेताकार्यकर्ताले आफू सहभागी भएको हुनाले अपनत्व महसुस गर्छन् र कार्यान्वयनमा लाग्छन् ।
- निष्कर्ष
अहिले देश देशान्तरमा एमाले चर्चामा छ तर त्यो केवल सत्ताको रस्साकस्सीका कारण हो कि संगठनको आन्तरिक जीवन र जनसेवाका कारण?यदि एमालेले विचारको गहिराई, संगठनको पारदर्शिता,नेतृत्व हस्तान्तरणको सुव्यवस्था,यथार्थपूर्ण संवाद र जनप्रश्नको जवाफ प्रदान गर्न सकेन भने आगामी दिनहरूमा यो चर्चा केवल शब्द र नारामै सीमित हुने सम्भावना प्रबल छ।यो अहिले नै बुझ्नुपर्छ र सोही अनुसारको योजना निर्माण गर्नुपर्ने देखिन्छ ।नेकपा एमाले हाल निरन्तर राजनीतिक चर्चाको केन्द्रमा रहँदै आएको छ। यसको पछाडि केवल ऐतिहासिक विरासत नभई संगठनात्मक सुधार र प्रचारका रणनीतिक पक्षहरू पनि छन्।
मिसन ग्रासरुट, संकल्प यात्रा, जरा केन्द्रित अभियानजस्ता प्रयासले सांगठनिक सक्रियता बढाए
पनि गुटबन्दी, वैचारिक अपारदर्शिता र नेतृत्व केन्द्रिकरण जस्ता समस्याहरू कायमै छन्। केपी ओलीको प्रभावशाली भूमिका, राम्रो चुनावी नतिजा, र आन्तरिक बहस गराउदै गर्दा पनि समन्वयको अभावले पार्टीको लोकतान्त्रिक जीवनशैलीमा प्रश्न उठाउँछ। जनसंगठनहरूलाई सशक्त बनाउने र युवालाई सशक्त बनाउने दिशामा प्रयास गर्नुपर्ने देखिन्छ। यस्ता चुनौतीलाई सम्बोधन नगर्दा एमालेको चर्चा त रहिरहला, तर त्यसको सार्थकता कमजोर बन्नेछ। अबको बाटो आलोचनालाई आत्मसात् गर्दै सुधारमा लाग्नु हो।