मैले एमाले भनेर सर्वप्रथम देखेको अनुहार मेरी आमाको हो। र, उहाँहरु ८ दाजुभाइ दिदिबहिनी जो जति पनि नेकपा एमालेमा सङ्गठित हुनुहुन्छ, उहाँहरुले सर्वप्रथम, आफ्नो बुबालाई आदर्श मानेर त्यो बाटो हिड्नु भएको थियो।
मैले एमाले चिनेको ( गङ्गा देबी धमला ढकाल ) मेरो मामुलाई देखेर हो। म आफु केटा केटी नै हुँदा देखि मामुलाई सकृय रुपले समाज सेवामा अहोरात्र खटेको देखेको छु। आफुले खान ठिक्क उठाको गाँस पनि छोडेर कोही निर्दोषलाई इन्साफ मिल्नु पर्छ नानी हो खाओ ल भन्दै हिडेका ति दिनहरू मेरो मन मष्तिस्कमा अझै ताजा छन्। परिवार, छरछिमेक, नातागोता, चिरपरिचित व्यक्ति आदिका यातना बाट पिडित कैयौँ महिला आफ्नो बाल बच्चा लिएर हाम्रै घरमा सहारा खोज्दै राती बाँस बसेका दृष्यहरु आज पनि मेरा आँखा अगाडी छर्लङ्ग छन्।
पिडितका आँशु देख्न नसक्ने, आफु भोकै प्यासै पनि अरुकै हितका लागि सङ्घर्ष गर्ने मेरी आमा सङ्गठित, एमाले पार्टी कसरी गलत होला त? यो विषयले मलाई नेकपा एमाले के हो खोज्न, बुझ्न र, अध्ययन गर्न प्रेरित गर्यो। निष्कर्ष, जो कम्युनिष्ट विचारधारा लाई मान्नु हुन्छ, जो वास्तविक कम्युनिजमका अनुयायी हुनुहुन्छ उहाँहरुले कहिल्यै गलत गर्नै सक्नु हुन्न! यसो भनिरहदा कोही गलत छैनन् भन्न खोजेको चाँहि हैन तर, व्यक्ति विशेषका कारण सिङ्गो पार्टी र त्यहाँका नेता, कार्यकर्ताको व्यक्तित्व, स्वभाव र बौद्धिकता माथि नै आक्रमण गर्नु, यो विवेकशील नागरिकको पहिचान हुनै सक्दैन। नेकपा एमाले कहिल्यै गलत थिएन, छैन र हुदैँन! मुख्य कुरा, गलत नेतालाई कार्यकर्ताले र गलत कार्यकर्तालाई नेताले खबरदारी गर्न सक्नुपर्छ।
राजनीति, राष्ट्रियता, दलहरु, राजतन्त्र, पञ्चायती शासन, जनयुद्ध, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, त्यो अवस्था र अहिलेको अवस्था आदि कही केहीको पर्याप्त ज्ञान नभएका नबुझेका हुल्लडबाजहरुको झुण्डले पार्टी र पद्धति माथी आक्रमण गर्ने, नेतृत्व पक्षबाट भएका गल्ती का कारण कार्यकर्ता माथि प्रहार गर्ने, यि कुराहरुले उनिहरुको चेतनास्तर सँगै व्यक्तित्व माथि पनि प्रश्न चिन्ह खडा गर्छ ❓ । रमाइलो विषय के छ भने, आधीले एमाले भनि सक्दा मात्र केपी ओली चिन्नुहुन्छ, आधा लाई त्यो पनि थाहा छैन र पनि, गाली गर्न पाउँदा अग्रभागमा उहाँहरु नै! खै के भन्ने!!

माथि राखिएको यो तस्बिर केही पेजहरुमा पनि पोस्ट भएका थिए। र, त्यहाँ गालीका शब्द प्रयोग गर्ने, अपशब्द बोल्नेलाई मेरो सानु आग्रह, मान्छे चिनेर, गाली गर्न आवश्यक व्यक्ति हो कि हैन बुझेर मात्र आफ्नो नैराश्यता राख्नु होला, तपाईहरुको विश्वास भरोसा को मजाक बनाउने पात्र लाई सक्नुहुन्छ भने प्रमाण सहित छानी छानी कार्वाहीको दायरामा ल्याउनु होला त्यसमा मेरो पनि साथ रहनेछ। तर, त्यहाँ कमेन्ट गर्ने कत्ति हिजो कसैका घर जलाउन, प्रहरी कार्यलय, वडा, पालिकाका भवनहरू ध्वस्त पार्न एकपटक पनि हात खुट्टा नकामेका विद्धान अमर आत्माहरु हुनुहुन्थ्यो!
कम्तीमा, राष्ट्रियताको नारा गाएर, राष्ट्र ध्वस्त बनाउने भ्रष्टहरुले त्यस्ता टिप्पणी गरेको चाँहि सुहाउँदैन! विवेकहीन शैलीमा तथ्यविहीन भएर, कसैले कसैमाथि नकरात्मक टिप्पणी गर्नु हुँदैन।
September 8/9 मा घटेको उक्त घटनाले मन साँच्चै रुवाएको छ। धेरै आमाहरूको काख रित्तिएको छ। राष्ट्रका धरोहर जलेर नष्ट भएका छन्। रित्तिएका काख, क्षतिपूर्तीका नाममा आउने राहतको रकमले भरिन्दैन! न, कहिल्यै केहिले भरिदिन सक्छ। तर, उँहाहरुको सन्तानले जुन सपना सजाएर आफुलाई राष्ट्रका निम्ति समर्पित गर्नु भयो, त्यो कार्य सार्थक बनाउन तर्फ सबै नेपाली एकजुट हुने हो भने, त्यो चोटमा मलम पक्कै लाग्नेछ। हाम्रो देश, दशकौं पछि धकेलिएको अवस्थामा छ! तपाई हामीले एक आपसमा मिल्नु पर्छ, यो अप्ठ्यारो अवस्था सुधारका निम्ति एक अर्कालाई साथ दिएर अघि बढ्नु पर्छ। नेपाललाई, नेपाल बनाउनु पर्छ।
घटना हृदय विदारक थियो। सत्य तथ्य छानविन हुन आवस्यक छ। गोली चलाउने आदेश दिने अधिकार प्रधानमन्त्रीको हुदैन, यो कसले गर्यो किन गर्यो यी विषयहरू अनुसन्धान गरिनु पर्छ! तर, स्थितिलाई अन्डर कन्ट्रोलमा ल्याउन प्रधानमन्त्रीले भुमिका खेल्न चाँहि सक्नुपर्थ्यो। नेतृत्व पक्षबाट भएका कमि कमजोरीको समिक्षा कार्यकर्ताले पनि गर्ने हिम्मत राख्नु पर्छ। नेताका गल्ती ढाकछोप गर्ने भन्दा, गलत ठाउँ औँल्याई दिएर सच्चीन तर्फ प्रेरित गर्ने कार्यकर्ता वास्तवमा महान् हुन्छन्। नेतृत्व बाट, सय मा एक(१) मात्र नराम्रो कार्य भयो भने पनि, त्यही एक सुधार्न आवाज उठाउँने पहिलो व्यक्ति कार्यकर्ता हुनपर्छ! अनि, पार्टीलाई थप सशक्त बनाएर लान अब नेताले मात्रै हैन कार्यकर्ताले पनि सुध्रिन आवश्यक छ। त्यसो हुने हो भने, नेकपा एमाले कहिल्यै दोश्रो हुनेे छैन।
अन्तत, राजनिती राष्ट्र हितका निम्ति गरिनु पर्छ भन्ने मेरो मान्यता हो।
संयमित बनेर राष्ट्र निर्माणमा अग्रसर भएर लागौँ। अपराधीक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन एकजुट हौँ!
Genz आन्दोलनका क्रममा विविध कारणबाट ज्यान गुमाउनु हुने सबै प्रति हार्दिक श्रद्धा सुमन्! 🌺