साउन, काठमाडौं । नेपालको मुख्य खाद्य भण्डार मानिने मधेश प्रदेशमा समयमै वर्षा नहुनु र सिँचाइ सुविधा अभावका कारण यस वर्ष आधा जमिनमै धान रोपाइँ हुन सकेको छैन । सिँचाइका राष्ट्रिय गौरवका आयोजना ढिलो प्रगति, कुशासन र बढ्दो लागतको दलदलमा फसेका छन् । यस्तो अवस्थालाई ध्यानमा राख्दै सरकारले मधेशका ८ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
तर, विशेषज्ञ र सांसदहरूले घोषणा मात्र पर्याप्त नभएको भन्दै राज्यको जिम्मेवारी अझै गम्भीर भएर लिनुपर्ने बताउँदै आएका छन् ।
५० वर्षदेखि अलपत्र योजनाहरू : समस्या के हो ?
पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जारी गरेको प्रतिवेदन अनुसार, सिँचाइ क्षेत्रका आयोजनाहरू पनि अन्य विकास योजनाझैं समस्यामा फसेका छन् । सरकार योजनाहरू थालनी गर्न ढिला गर्दैछ, शुरु गरेका ठूला आयोजना पनि तोकिएको समयमै सकिन सकेका छैनन्, जसले गर्दा किसान लाभविहीन छन् ।
सिँचाइ तथ्यांकले के भन्छ ?
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार:
-
कुल २५ लाख ३६ हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये ६२.२८% मा मात्र सिँचाइ सुविधा
-
कुल कृषियोग्य ३५ लाख ५७ हजार हेक्टरमध्ये ४४.४% मा मात्र सिँचाइ
-
बजेट औसत १३.६% ले बढे पनि सिँचाइ विस्तार १.५% मात्र
यसले स्पष्ट गर्छ—बजेट त बढेको छ, तर खर्च र प्रभावकारिता न्यून छ ।
मुख्य आयोजना र प्रगतिका तथ्यांक
आयोजना |
प्रगति (फागुन २०८१) |
लागत |
लक्ष्य |
४२% |
५२.६४ अर्ब |
२०८९/९० |
भेरी–बबई डाइभर्सन |
६७.५% |
३६.८० अर्ब |
२०८४/८५ |
रानीजमरा कुलरिया |
७६.१०% |
२९.५९ अर्ब |
२०८५/८६ |
बबई सिँचाइ |
७५.५२% |
१८.९६ अर्ब |
२०८२/८३ (नसकिने निश्चित) |
सुनकोशी मरिण डाइभर्सन |
३५.३८% |
४९.४२ अर्ब |
– |
महाकाली सिँचाइ |
२४.२२% |
३५ अर्ब |
२०८७/८८ |
सांसदहरूको चेतावनी
बुधबारको संसद् बैठकमा मधेशको खडेरी गम्भीर विषय बनेको थियो । सांसद किसान श्रेष्ठले राज्यले केवल संकटग्रस्त क्षेत्र घोषणा गरेर पन्छन नहुने बताए । "पानी वितरणमा राजनीति बन्द गरिनुपर्छ," उनले संसदमा भने ।

आयोगको सुझाव : यथाशक्य छिटो सम्पन्न गर
आयोगले सिक्टा, रानीजमरा कुलरिया, बबईजस्ता निर्माणाधीन योजनालाई आवश्यक बजेट विनियोजन गरी शीघ्र सम्पन्न गर्न सिफारिस गरेको छ । साथै, सतह सिँचाइ, पोखरी निर्माण र अन्तरजलाशय स्थानान्तरणजस्ता दीर्घकालीन योजनाहरू पनि अघि बढाउनुपर्ने सुझाव दिएको छ ।